बन्द हुँदैछ फेसबूकको यो फोटो शेयरिङ एप « Khabarhub

बन्द हुँदैछ फेसबूकको यो फोटो शेयरिङ एप


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसबूकले आफ्नो फोटो शेयररिङ एप मोमेन्ट्सलाई बन्द गर्ने तयारी थालेको छ । लोकप्रियताका हिसावले खासै प्रभावकारी नभएकाले मोमेन्ट्स बन्द गर्न लागिएको फेसबूकले जनाएको छ ।

फेसबूकले मोमेन्ट्स एपलाई सन् २०१५ मा लञ्च गरेको थियो । यो एपको मद्दतबाट आफ्नो फोनमा सेभ भएका फोटोहरुलाई फेसबूकमा अपलोड नै नगरी आफ्ना फेसबूक फ्रेन्डसँग शेयर गर्न सकिन्थ्यो ।

अब फेब्रुअरी महिनाको २५ तारिख पछि मोमेन्ट्स एप डाउनलोडका लागि उपलब्ध हुने छैन । मोमेन्ट्सलाई बन्द गर्नु अगाडि प्रयोगकर्तालाई आफ्ना फोटोहरुलाई कम्प्युटर या मेमोरीमा फेसबूकबाट बनाइएको एक वेबसाइटको माध्यमबाट एक्सपोर्ट गर्नका लागि मौका दिइने छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ३८ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन