पित्तथैलीमा पत्थरी किन हुन्छ ? पत्थरी भएको कसरी थाहा पाउने ? « Khabarhub

पित्तथैलीमा पत्थरी किन हुन्छ ? पत्थरी भएको कसरी थाहा पाउने ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असुन्तुलित खानपान र जीवनशैलीले मानिसमा धेरै किसिमका रोगहरु लाग्छ । तीमध्ये पित्तथैलीको पत्थरी पनि एक रोग हो । आधुनकि चिकित्सा विज्ञानमा पित्तथैलीको पत्थरीलाई ‘गल ब्लडर स्टोन’ भन्निछ भने, आयुर्वेदमा यसलाई पिताश्मरी भनिन्छ ।

पित्तको पत्थरी कलेजोमा हुने सानो थैलीमा हुन्छ । पित्तथैलीमा पाचनक्रियामा काम नलाग्ने पित्त जम्मा हुन्छ । जुन सानो आन्द्रामा खाना पुग्दा पित्त गएर मिसिन्छ । पित्त एउटा तरल पदार्थ हो । यो कलेजोमा बन्छ र यसमा कोलेस्ट्रोल, बिलिरुबिनको लगायतका पदार्थहरू हुन्छ ।
पित्तको पत्थरी एउटा ठोस पदार्थ हो, यो ढुंगाजस्तो हुन्छ । यसको निर्माण कोलेस्ट्रोल र पित्तका कणहरूबाट हुन्छ । बिस्तारै–बिस्तारै जम्मा हुँदा कडा ढुंगा जस्तो हुन्छ, जसलाई पत्थरी भनिन्छ ।

पित्तको पत्थरी कोलेस्ट्रोलबाट बन्छ । यो पहेंलो हरियो रंगको हुन्छ । पित्तको पत्थरी जुन बिलिरुबिनबाट बन्दछ, त्यसलाई पिगमेन्ट स्टोन भनिन्छ ।

पित्तथैलीमा पत्थरी हुनुको कारण यस्ता छन् 

पित्तथैलीमा पत्थरी बन्नुका धेरै कारणहरू छन् ।
वंशानुगत ।
वजन बढ्नु–घट्नु ।
पित्तथैली शिथिल हुनु ।
अस्वास्थ्यकर खानपान ।
शरीरमा कोलेस्ट्रोल बढ्दा त्यसको निकास पित्तथैलीबाट राम्रोसँग नहुदा कोलेस्ट्रोल पत्थरी हुन्छ । त्यस्तै कलेजोमा सिरोसिस भएमा पिगमेन्ट पत्थरी बन्दछ । पुरुषभन्दा महिलालाई बढी पित्तथैलीको पत्थरी हुन्छ । कोलेस्ट्रोलको औषधि खाने व्यक्तिमा पित्तथैलीको पत्थरी हुने सम्भावना बढी हुन्छ ।

पित्तथैलीमा पत्थरी भएको कुरा सामान्य अवसस्थामा कुनै लक्षण देखा पर्दैन । तर पित्तथैलीको पत्थरी बढ्दै गएमा लक्षणहरु देखिन थाल्छ ।

यस्ता लक्षण देखिन्छ

माथिल्लो पेट र पिठियुँ दुख्ने ।
बान्ता हुने ।
पेट सुन्निने ।
छाती पोल्नु
बढी ग्यासले पेट भारी हुने ।

यसरी गरिन्छ उपचार

मानिसमा पित्तथैली भएको छ, छैन पत्ता लगाउन अल्ट्रासाउन्ड वा भिडियो एक्सरे गरिन्छ । पित्तथैलीको पत्थरीको उपचार आधुनिक चिकित्सा पद्धतिमा शल्यक्रिया हो । तर आयुर्वेदिक उपचार पनि छ । सामान्य अवस्थाबाट आयुर्वेदिक औषधि र जडीबुटीको प्रयोगबाट उपचार गरी पित्तथैलीको पत्थरीलाई निकाल्न सकिन्छ । यसमा अलि समय लाग्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ४४ बजे

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती