ट्राफिक नियम मिच्ने १७ सय सवारी चालकलाई कारबाही « Khabarhub

ट्राफिक नियम मिच्ने १७ सय सवारी चालकलाई कारबाही


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरामा एक हजार ७०० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।

जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेशसिंह नागारीले जानकारी दिए ।

चालू आवको पुस ३० गतेसम्म ती सवारीसाधनका चालकबाट रु आठ लाख ९३ हजार राजश्व सङ्कलन गरिएको छ । साउनमा २४६, भदौमा २१४, असोज ३३२, कात्तिकमा ३५४, मङ्सिरमा २७८ र पुसमा २७६ सावरीसाधनका चालकलाई कारबाही गरिएको हो ।

कारबाही पर्नेमा सबैभन्दा बढी जिपका चालक रहेका छन् । गत आवभन्दा ट्राफिक नियम उल्लङ्घनका घटनामा कमी आएको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको