घरको आँगनमा चरेशको थुप्रो, ३ जना पक्राउ « Khabarhub

घरको आँगनमा चरेशको थुप्रो, ३ जना पक्राउ


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले ११ किलो चरेशसहित ३ जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–११ रानीघाट बस्ने ५५ वर्षी रामबालक प्रसाद विनको घरबाट प्रहरीले ११ किलो चरेश बरामद गरेको हो ।

प्रहरीका अनुसार विनले घरको आँगनमा थुप्रो पारेर बाँसले छोपेर चरेश लुकाएर राखेका थिए । प्रहरीले विनलाई घरबाटै नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा उक्त ११ किलो चरेश तस्करीमा भारत कानपुर बस्ने ४४ वर्षीय मयंक बाजपेइ र मकवानपुरको थाहा नगरपालिका–८ बस्ने सोमलाल थिङ्गलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले चरेशसहित १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारीको रक्सौल घर भएका २६ वर्षीय खर्सेद अन्सारी छन् । उनको साथबाट ४ पोका नरेश बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वीरगन्जबाट राक्सौलतर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा अन्सारीको साथमा चरेश फेला परेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको