रोजगार संयोजकको परीक्षा अनलाइन प्रणालीबाट, सबै पदमा खुला प्रतिस्पर्धा « Khabarhub

रोजगार संयोजकको परीक्षा अनलाइन प्रणालीबाट, सबै पदमा खुला प्रतिस्पर्धा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हरेक स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगार संयोजकको छनोट अनलाइन प्रणालीमार्फत गराउने भएको छ । नेपालमा पहिलोपटक जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागिएको हो ।

मन्त्रालयले रोजगारी संयोजकमा आरक्षणको कोटा छुट्याएको छैन ।

खुल्ला प्रतिस्प्रर्धाबाट रोजगार संयोजक छनोट गरिने छ । श्रम, मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालले संयोजकको छनोट प्रक्रियालाई निष्पक्ष बनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्देशनअनुसार कम्प्युटरबाटै परीक्षा लिने व्यवस्था मिलाउन लागिएको जानकारी दिए । श्रम मन्त्रालयले भनसुन राजनीतिक दवाव भन्दा खुल्ला प्रतिस्प्रधाबाट रोजगार छनोट गर्ने लक्ष्यका लिएको उनको भनाइ छ ।

प्रदेश ३ मा धेरै आवेदन

सरकारले गत महिना रोजगार स‌ंयाेजकका लागि आवेदन खुलाएकाे थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न ७ सय ५३ स्थानीय तहमा नियुक्त गर्न भन्दै गरेको विज्ञापनमा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको मन्त्रालयले जानकारी दिएका छ । माघ ३ गतेदेखि ७५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु गरेको थियो । गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७५ स्वीकृत गरेको थियो ।

आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश ३ मा परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको जानकारीअनुसार उक्त प्रदेशमा ४ हजार ९ सय ९४ जनाको आवेदन परेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै सुदूरपश्चिममा ४ हजार ४, प्रदेश २ मा ३ हजार ६७१, प्रदेश १ मा ३ हजार ६६५, कर्णालीमा ३ हजार ३ सय ७८, प्रदेश ५ मा २ हजार ३ सय १ र सबैभन्दा कम गण्डकी प्रदेशमा १ हजार ९ सय ५५ जनाको आवेदन परेको छ।संयोजकहरूको परीक्षा प्रणालीलाई निष्पक्ष बनाउन सरकारले कम्प्युटरबाटै परीक्षा दिनुपर्ने व्यवस्था मिलाउन लागेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले बताएका छन् ।

रोजगार संयोजकका लागि दिइने आवेदकको शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशत र अनुभवका आधारमा प्रारम्भिक छनोट गरिनेछ । मन्त्रालयले प्रारम्भिक छनोटमा परेकाहरूको अन्तिम छनोट कम्प्युटरबाटै गर्ने व्यवस्था गर्न लागेको डा रेग्मीको भनाइ छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ५८ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा