रोजगार संयोजकको परीक्षा अनलाइन प्रणालीबाट, सबै पदमा खुला प्रतिस्पर्धा « Khabarhub

रोजगार संयोजकको परीक्षा अनलाइन प्रणालीबाट, सबै पदमा खुला प्रतिस्पर्धा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हरेक स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रोजगार संयोजकको छनोट अनलाइन प्रणालीमार्फत गराउने भएको छ । नेपालमा पहिलोपटक जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागिएको हो ।

मन्त्रालयले रोजगारी संयोजकमा आरक्षणको कोटा छुट्याएको छैन ।

खुल्ला प्रतिस्प्रर्धाबाट रोजगार संयोजक छनोट गरिने छ । श्रम, मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालले संयोजकको छनोट प्रक्रियालाई निष्पक्ष बनाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्देशनअनुसार कम्प्युटरबाटै परीक्षा लिने व्यवस्था मिलाउन लागिएको जानकारी दिए । श्रम मन्त्रालयले भनसुन राजनीतिक दवाव भन्दा खुल्ला प्रतिस्प्रधाबाट रोजगार छनोट गर्ने लक्ष्यका लिएको उनको भनाइ छ ।

प्रदेश ३ मा धेरै आवेदन

सरकारले गत महिना रोजगार स‌ंयाेजकका लागि आवेदन खुलाएकाे थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न ७ सय ५३ स्थानीय तहमा नियुक्त गर्न भन्दै गरेको विज्ञापनमा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको मन्त्रालयले जानकारी दिएका छ । माघ ३ गतेदेखि ७५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु गरेको थियो । गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७५ स्वीकृत गरेको थियो ।

आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश ३ मा परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको जानकारीअनुसार उक्त प्रदेशमा ४ हजार ९ सय ९४ जनाको आवेदन परेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै सुदूरपश्चिममा ४ हजार ४, प्रदेश २ मा ३ हजार ६७१, प्रदेश १ मा ३ हजार ६६५, कर्णालीमा ३ हजार ३ सय ७८, प्रदेश ५ मा २ हजार ३ सय १ र सबैभन्दा कम गण्डकी प्रदेशमा १ हजार ९ सय ५५ जनाको आवेदन परेको छ।संयोजकहरूको परीक्षा प्रणालीलाई निष्पक्ष बनाउन सरकारले कम्प्युटरबाटै परीक्षा दिनुपर्ने व्यवस्था मिलाउन लागेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद रेग्मीले बताएका छन् ।

रोजगार संयोजकका लागि दिइने आवेदकको शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशत र अनुभवका आधारमा प्रारम्भिक छनोट गरिनेछ । मन्त्रालयले प्रारम्भिक छनोटमा परेकाहरूको अन्तिम छनोट कम्प्युटरबाटै गर्ने व्यवस्था गर्न लागेको डा रेग्मीको भनाइ छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ५८ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक