स्वर्गद्वारी आश्रमका किसान आन्दोलित « Khabarhub

स्वर्गद्वारी आश्रमका किसान आन्दोलित


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही-  दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान आन्दोलित भएका छन् । भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवगस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक)मा आफूहरुलाई नसमेटिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रस्तावित विधेयकमा नेपालभरिका गुठीलाई समेटिएता पनि स्वर्गद्वारी आश्रमलाई छुटाइएको उनीहरुको भनाइ छ । सर्वोच्च अदालतले २०६२ चैत १४ गते गरेको फैसलाअनुसार स्वर्गद्वारी आश्रमलाई ‘विशेष प्रकृतिको निजी गुठी’ भनी व्याख्या गरेको छ । प्रस्तावित विधेयकमा व्याख्या गरिएका पाँच प्रकारका गुठीमध्ये विशेष प्रकृतिको गुठीका बारेमा उल्लेख नगरिएको आन्दोलनकारीको  भनाइ छ ।

हाल विधेयकमा नसेमेटिएपछि जग्गा प्राप्तिलगायत राज्यका तर्फबाट गुठीमा बसोबास गर्दै आएका मोहीयानी किसानलाई उपलब्ध गराइने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने देखिएकाले आन्दोलन गर्नुपरेको स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।   “कानूनमै उल्लेख नगरिएपछि हामीले दाबी गर्ने स्थान रहँदैन, त्यसैले गुठीको व्यवस्थापन गर्न मन्त्रालयले तयार पारेको विधेयक संशोधन गरी संसदमा लगियोस् भन्नका लागि आन्दोलन थालेका हौँ”, उनले भने ।

विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका मोही किसानले मन्त्रालयले तयार पारेको हालको मस्यौदा विधेयकमा ‘विशेष प्रकृतिको निजी गुठी’ भनेर स्वर्गद्धारी आश्रम गुठीलाई समेट्नुपर्ने बताएका छन् । यस्तै हाल चार बिघाभन्दा बढी जग्गामा एक व्यक्तिले मोहीहक भर्न नपाउने प्रावधानलाई समेत खारेज गर्नुपर्ने उनीहरुको माग छ । पुस्तौँदेखि जग्गा भोगचलदन गर्दै आउँदा जग्गा नबढ्ने तर परिवारका सङ्ख्या बढ््दै गएकाले एक व्यक्तिले चार बिघाभन्दा बढी मोही भर्न नपाउने प्रावधान खारेज नभए मोही किसानका परिवारको उठीबास हुने चौधरी बताउँछन् ।

“मोहीको हकवालाले मात्र मोहीहक पाउने व्यवस्थालाई खारेज गरी जुन किसानले जुन मोही जग्गामा घरगोठ बनाएको र भोगचलन गर्दैै आएको छ, त्यो जग्गा त्यही किसानलाई उपलब्ध गराउनुपर्ने हाम्रो माग हो”, चौधरीले भन्नुभयो । स्वर्गद्वारी आश्रमका प्रसाशन प्रमुख हरिहर अधिकारी भने आश्रमका मोही किसानको आन्दोलनबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

जिल्लामा स्वर्गद्वारी आश्रमको करीब १२०० बिघा जग्गा रहेको छ । प्रायः जग्गामा पुस्तौँदेखि थारू र अन्य समुदायका व्यक्तिले भागचलन गर्दै आएका छन् । जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष हरिनारायण चौधरीका अनुसार जिल्लाभरि करीब २२ हजार परिवारले स्वर्गद्वारी आश्रमको जग्गा भोगचलन गर्दै आएका छन् । “धेरैजसो जग्गामा मोहीयानी हक लागेको छ”, उनले भने । सङ्घर्ष समितिका सचिव भरतराज गिरीले देउखुरीस्थित लमही नगरपालिकाको चैलाही, वनगाउँ, अर्नवा, मजगाउँ, सतबरिया, उच्चानिम्बु र गङ्गदीमा रहेको स्वर्गद्वारी आश्रमको जग्गामा मोही किसानले भोगचलन गर्दै आएको बताए ।  घोराही उपमहानगरपालिकाको रामपुरको पलाँसे, ढोडेनी, झिँगौरा नैनवार, सुर्केडाँगी, हर्नकलगायतका स्थानमा पनि किसान बस्दै आएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १२ : ११ बजे

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ