हामी किन ? « Khabarhub

हामी किन ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आजबाट हामी तपाईंहरूमाझ खबरहबडटकम मार्फत जोडिन आइपुगेका छौं । समाचार, विचार, सूचना, मनोरञ्जन, खेलकुदलगायत सामग्रीको विश्वसनीय स्रोतका रूपमा हाम्रो यात्रा शुरु भएको छ । खबरहबको यात्रा रहर या लहडको भरमा नभई लामो योजना, अनुसन्धान, परिश्रम, प्रविधि र सक्षम जनशक्तिको संयोजनबाट गरेका हौं । प्रविधिको व्यापकतासँगै नेपालमा बढ्दो अनलाइन पोर्टलको संख्या र गुणस्तरलाई मनन गर्दै फरक शैली र व्यावसायिक योजनाका साथ हामीले डिजिटल पत्रकारिताको यात्रा तय गरेका हौं ।

हाम्रो यात्राको तय हाल विद्यमान सयौंको संख्यामा चलिरहेका अनलाइन पत्रिकाहरूको भीडमा अर्को डिजिटल पत्रिका थप्नु मात्र नभई समग्र पत्रकारिताकै गुणस्तर र व्यावसायिकतामा नयाँ अभ्यासको थालनी गर्नु पनि हो । हाम्रो विश्वसनीयता र निरन्तरताको विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छौं ।

देश र जनताको हितलाई केन्द्रमा राखेर सामग्री पस्कनुबाहेक खबरहबको कुनै स्वार्थ छैन । सम्पादकीय स्वतन्त्रता र पत्रकारिताको व्यावसायिक उत्तरदायित्व शिरोधार्य गर्दै हाम्रा दैनिक कार्यहरू सम्पादन हुनेछन् । हामी राजनीतिक र व्यापारिक प्रभावबाट मुक्त रही स्वतन्त्र रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता तपाईंहरूमाझ जनाउन चाहन्छौं ।

हाम्रा सामग्रीहरू गलत कार्यको रचनात्मक आलोचनासँगै राष्ट्रिय अंगहरूलाई बलियो बनाउन केन्द्रित हुनेछन् । खबरहबले राष्ट्रियता, भौगोलिक अखण्डता र लोकतान्त्रिक राज्यव्यवस्थाको सवालमा कसैसँग सम्झौता गर्ने छैन । हामीले पत्रकारिताको जिम्मेवारी र अभिभारालाई निकै गहन रूपमा मनन गरेका छौं । अनलाइन पत्रकारितामा बढेको तीव्र प्रतिस्पर्धाको वास्तविक यथार्थलाई हामीले राम्रोसँग मनन गरेका छौं ।

खबरहबडटकम कसैको निहीत स्वार्थ पूरा गर्न नभई जनताको विश्वसनीय डिजिटल पत्रकारिताको मागलाई सम्बोधन गर्न तपाईंहरूमाझ आएको हो । स्वतन्त्र, निष्पक्ष र निडरता यसको विशेषता बन्नेछ । स्थानीयदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका हरेक घटनाको यथार्थ जानकारी पाठकलाई गराउने दायित्वबाट हामी किमार्थ विमुख हुने छैनौं । खबरहबले तपाईंहरूकोे आशा, भरोसा र विश्वासलाई कदापि कमजोर हुन दिनेछैन ।

डिजिटल प्रविधिमा बढ्दो पहुँच, यसको उपभोग, निर्भरता तथा प्रभावबाट नेपाली समाज पनि मुक्त छैन । बदलिँदो प्रविधिको रूप र माध्यमसँगै डिजिटल पत्रिकातर्फको आकर्षण र पहुँच बढिरहेको छ । यस डिजिटल युगमा अनलाइन पत्रकारिताबाट आम पाठकको मनोभाव प्रतिनिधित्व गर्न सकिन्छ भन्ने हामीले आशा राखेका छौं । स्वतन्त्र, निष्पक्ष, व्यावसायिक र जवाफदेही पत्रकारिताले आम नागरिकको विश्वास मात्र होइन समाजलाई सत्मार्गमा डोर्‍याउन सक्छ भन्ने हाम्रो बुझाइ छ ।

जिम्मेवार र विश्वसनीय डिजिटल पत्रकारिता हाम्रो मुख्य प्राथमिकता हो । हामी पत्रकारिताको नैतिक दायित्वबाट कदापि विमुख हुने छैनौं । राष्ट्रिय बैभवको प्रवद्र्धन गर्ने, मुलुकको शीर ठाडो पार्ने र समृद्ध नेपालको यात्रामा हाम्रो सधैं साथ रहनेछ । हामी तपाईंहरूको सल्लाह, सुझाव, गुनासो र रचनात्मक आलोचना सधैं शिरोधार्य गर्नेछौं ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : ३० बजे

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक