विराटनगरबाट पनि श्रम स्वीकृति « Khabarhub

विराटनगरबाट पनि श्रम स्वीकृति


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बुधबारदेखि विराटनगरबाट पनि पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । पुनः श्रम स्वीकृतिको सेवा सम्बन्धित प्रदेशबाटै दिने सरकारको निर्णय अनुसार सरकारले प्रदेश १ को विराटनगरबाट पुनः श्रम स्वीकृति बुधबारबाटै जारी गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा सुरु गरिने मन्त्रालयले जनाएको छ । यसका लागि प्राविधिकसहित सबै तयारी पूरा भइसेको मन्त्रालयको भनाइ छ । योसँगै ७ वटै प्रदेशबाट वैदेशिक रोजगारीमा गई घर विदामा आएका कामदारले पुनः श्रम स्वीकृतिका सम्बन्धित प्रदेशबाट सुविधा लिन पाउने छन् । सातै प्रदेशबाट पुनः श्रम स्वीकृति जारी गर्ने शुरु गरिएसँगै काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य पनि भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा उपलब्ध गराउन काम थालिसकेको छ ।

यस्तै, वैदेशिक रोजगारी सम्बन्धी ईजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरुबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम प्रदेशकै कार्यालयबाट हुने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : ०२ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका