नेपालमा वार्षिक ४० हजार क्यान्सरका नयाँ बिरामी, फोक्सो सम्बन्धी क्यान्सर रोगी सबैभन्दा बढी | Khabarhub Khabarhub

नेपालमा वार्षिक ४० हजार क्यान्सरका नयाँ बिरामी, फोक्सो सम्बन्धी क्यान्सर रोगी सबैभन्दा बढी


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व क्यान्सर दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

नेपालमा क्यान्सरको विषयमा आधिकारी तथ्यांक नभएपनि क्यान्सरका कारण वार्षिक १५ हजारको मृत्यु हुने गरेको चिकित्सकहरु बताउँछन् । यस्तै हरेक वर्ष ४० हजार क्यान्सरका नयाँ बिरामी पनि थपिने गरेका छन् ।

नेपालमा क्यान्सरका बिरामीमध्ये सबैभन्दा धेरै फोक्सो सम्बन्धि क्यान्सरका रहेका भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिले बताए ।

‘नेपालमा अन्य देशहरुमा जस्तो आधिकारीक तथ्यांक त छैन, तर केही अस्पतालमा रहेको विवरणको आधारमा भन्नुपर्दा नेपालमा सबैभन्दा बढी फोक्सो सम्बन्धी क्यान्सरका बिरामी छन्,’ डा. प्रजापतिले भने, ‘नेपालमा फोक्सो क्यान्सरका मात्रै वार्षीक ३ हजार ४ सय १२ जना नयाँ बिरामी थपिन्छन् ।’

डा. प्रजापतिका अनुसार फोक्सोको क्यान्सरपछि महिलामा हुने पाठेघर क्यान्सर दोस्रो स्थानमा पर्छ भने स्तनक्यान्सर तेस्रो नम्बरमा रहेको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ३ सय क्यान्सरका बिरामीहरु आउने गरेको डा. प्रजापति बताउँछन् ।

‘हाम्रो अस्पतालमा दैनिक ३ सयको हाराहारीमा क्यान्सरका बिरामी उपचारका लागि आउँछन्’ डा. प्रजापति भन्छन्, ‘जसमा १० जना नयाँ बिरामी हुन्छन् । क्यान्सरको कारण अस्पतालमै दैनिक ३ जना बिरामीको मृत्यु हुने गर्छ ।’

डा. प्रजापतिका अनुसार क्यान्सर लाग्नुको पहिलो कारण सुर्तिजन्य पदार्थको सेवन हो । खानपान र अस्वास्थ्यकर जीवनशैलीले क्यान्सर रोगी बढ्दै गएको डा. प्रजापतिको भनाइ छ ।

के हो क्यान्सर ?

हाम्रो शरीर लाखौँ कोशिकाहरुबाट बनेको हुन्छ । मानिसको उमेरसँगै ती कोशिकाहरु स्वाभाविक र नियमित रुपमा बढिरहेको हुन्छ । यो सामान्य प्रक्रिया हो । तर हाम्रो शरीरको कोशिकाहरु अस्भाविक र अनियमित तरिकाले बढेमा त्यसलाई सामान्य रुपमा लिनु हुदैन । किनकी अस्वभाविक कोशिकाहरु वृद्धि हुनु क्यान्सरको लक्षण हुनसक्छ ।

क्यान्सरको समयमै पहिचान भएन भने शरीरभर फैलिन्छ । क्यान्सरको समयमै पहिचान र उपचार नभएमा मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले समयमै रोग पहिचान गर्न सकेमा क्यान्सरबाट हुने मृत्युलाई कम गर्न सकिन्छ ।

क्यान्सरका प्रारम्भिक लक्षण

लामो समयसम्म खोकी लागिरहनु ।
स्वर घोक्रो हुँदै जानु ।
शरीरमा भएको कोठीको रङ र आकार असामान्य तरिकारले परिवर्तन हुनु ।
स्तन वा शरीरका अन्य भागमा दुख्ने तथा नदुख्ने गिर्खा आउनु ।
असाधारण रक्तस्राव वा पीप आउनु ।
खाना निल्न गाह्रो हुनु
खाएको खाना नपच्नु ।
पुरानो घाउ निको नहुनु ।
विना कारण शरीरिको तौल घट्दै जानु ।

मानिसमा क्यान्सर हुनुको कारण पत्ता लगाउन गाह्रो छ । तर जीवनशैली र खानपानमा विशेष ध्यान नदिदा क्यान्सर हुने सम्भावना बढाउँछ । क्यान्सरबाट बच्नको लागी हामीले क्यान्सरको कारक तत्वबाट समयमै टाढा हुनुपर्छ ।

क्यान्सर रोग लाग्ने केही कारण

सुर्तीजन्य पदार्थको प्रयोग

नेपालीहरुमा क्यान्सर हुनुको मुख्य कारण सुर्तीजन्य पदार्थको प्रयोग हो । मध्यपान र धुम्रपानको कारण मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना हुन्छ ।

खानपिन

अत्याधिक चिल्लो, नुन बढि भएको खाना धुँवामा सेकाएको मासु,बासी तथा ढुसी परेका खानेकुरा खानाले क्यान्सर हुने सम्भावना बढि हुन्छ ।

वंशाणुगतत
क्यान्सर हुनुको विभिन्न कारणमध्य वंशानुगत गुण पनि एक कारक तत्व हो । वंशानुगत कारण भन्नाले कुनै व्यक्तिमा क्यान्सर भएमा उसको सन्तति तथा परिवारका अन्य सदस्यहरुमा पनि क्यान्सर हुने सम्भावना रहन्छ ।

विकिरण

हाम्रो शरीरलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न किसिमका विकिरणको प्रभाव परीरहेको हुन्छ । अत्याधिक घाम, परमाणुको प्रभाव र नियमित रुपमा उपचार विधिमा प्रयोग हुने प्रविधिको कारण पनि क्यान्सर हुन सक्छ ।

जिवाणुको कारण तथा अन्य कारण

मानिसमा जिवाणुको कारण पनि क्यान्सर हुन सक्छ । यी तत्वबाहेक वातावरण प्रदुषण, औद्योगिक प्रदुषण, मिसावटयुक्त खानपानको सेवन र विषाक्त रसायन पदार्थको सेवनका कारण पनि क्यान्सर हुने सम्भावना हुन्छ ।

क्यान्सरको समयमै पहिचान र उपचार भएमा यो रोग निको हुन सक्छ । तर समयमै रोग पहिचान नहुँदा मानिसले अकालमा ज्यान गुमाउन परीरहेको छ । त्यसैले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन उपयक्त हुन्छ ।

क्यान्सर हुनबाट बच्न यस्ता कुरामा ध्यान दिनुस्

सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने ।
शाकाहारी र सन्तुलित खाना खाने ।
चर्को नुनको प्रयोग गर्ने ।
धुँवामा सेकाएको मासु कम सेवन गर्ने
चिल्लो, पिरो, बासी तथा ढुसी परेको खाना नखाने ।
नियमित शारीरिक व्यायम तथा योगा गर्ने ।
सरसफाइमा विशेष ध्यान दिने ।
नियमित स्वास्थ्य परीक्षण गर्ने ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : ०६ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर