नेपालमा वार्षिक ४० हजार क्यान्सरका नयाँ बिरामी, फोक्सो सम्बन्धी क्यान्सर रोगी सबैभन्दा बढी « Khabarhub

नेपालमा वार्षिक ४० हजार क्यान्सरका नयाँ बिरामी, फोक्सो सम्बन्धी क्यान्सर रोगी सबैभन्दा बढी


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व क्यान्सर दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

नेपालमा क्यान्सरको विषयमा आधिकारी तथ्यांक नभएपनि क्यान्सरका कारण वार्षिक १५ हजारको मृत्यु हुने गरेको चिकित्सकहरु बताउँछन् । यस्तै हरेक वर्ष ४० हजार क्यान्सरका नयाँ बिरामी पनि थपिने गरेका छन् ।

नेपालमा क्यान्सरका बिरामीमध्ये सबैभन्दा धेरै फोक्सो सम्बन्धि क्यान्सरका रहेका भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिले बताए ।

‘नेपालमा अन्य देशहरुमा जस्तो आधिकारीक तथ्यांक त छैन, तर केही अस्पतालमा रहेको विवरणको आधारमा भन्नुपर्दा नेपालमा सबैभन्दा बढी फोक्सो सम्बन्धी क्यान्सरका बिरामी छन्,’ डा. प्रजापतिले भने, ‘नेपालमा फोक्सो क्यान्सरका मात्रै वार्षीक ३ हजार ४ सय १२ जना नयाँ बिरामी थपिन्छन् ।’

डा. प्रजापतिका अनुसार फोक्सोको क्यान्सरपछि महिलामा हुने पाठेघर क्यान्सर दोस्रो स्थानमा पर्छ भने स्तनक्यान्सर तेस्रो नम्बरमा रहेको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ३ सय क्यान्सरका बिरामीहरु आउने गरेको डा. प्रजापति बताउँछन् ।

‘हाम्रो अस्पतालमा दैनिक ३ सयको हाराहारीमा क्यान्सरका बिरामी उपचारका लागि आउँछन्’ डा. प्रजापति भन्छन्, ‘जसमा १० जना नयाँ बिरामी हुन्छन् । क्यान्सरको कारण अस्पतालमै दैनिक ३ जना बिरामीको मृत्यु हुने गर्छ ।’

डा. प्रजापतिका अनुसार क्यान्सर लाग्नुको पहिलो कारण सुर्तिजन्य पदार्थको सेवन हो । खानपान र अस्वास्थ्यकर जीवनशैलीले क्यान्सर रोगी बढ्दै गएको डा. प्रजापतिको भनाइ छ ।

के हो क्यान्सर ?

हाम्रो शरीर लाखौँ कोशिकाहरुबाट बनेको हुन्छ । मानिसको उमेरसँगै ती कोशिकाहरु स्वाभाविक र नियमित रुपमा बढिरहेको हुन्छ । यो सामान्य प्रक्रिया हो । तर हाम्रो शरीरको कोशिकाहरु अस्भाविक र अनियमित तरिकाले बढेमा त्यसलाई सामान्य रुपमा लिनु हुदैन । किनकी अस्वभाविक कोशिकाहरु वृद्धि हुनु क्यान्सरको लक्षण हुनसक्छ ।

क्यान्सरको समयमै पहिचान भएन भने शरीरभर फैलिन्छ । क्यान्सरको समयमै पहिचान र उपचार नभएमा मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले समयमै रोग पहिचान गर्न सकेमा क्यान्सरबाट हुने मृत्युलाई कम गर्न सकिन्छ ।

क्यान्सरका प्रारम्भिक लक्षण

लामो समयसम्म खोकी लागिरहनु ।
स्वर घोक्रो हुँदै जानु ।
शरीरमा भएको कोठीको रङ र आकार असामान्य तरिकारले परिवर्तन हुनु ।
स्तन वा शरीरका अन्य भागमा दुख्ने तथा नदुख्ने गिर्खा आउनु ।
असाधारण रक्तस्राव वा पीप आउनु ।
खाना निल्न गाह्रो हुनु
खाएको खाना नपच्नु ।
पुरानो घाउ निको नहुनु ।
विना कारण शरीरिको तौल घट्दै जानु ।

मानिसमा क्यान्सर हुनुको कारण पत्ता लगाउन गाह्रो छ । तर जीवनशैली र खानपानमा विशेष ध्यान नदिदा क्यान्सर हुने सम्भावना बढाउँछ । क्यान्सरबाट बच्नको लागी हामीले क्यान्सरको कारक तत्वबाट समयमै टाढा हुनुपर्छ ।

क्यान्सर रोग लाग्ने केही कारण

सुर्तीजन्य पदार्थको प्रयोग

नेपालीहरुमा क्यान्सर हुनुको मुख्य कारण सुर्तीजन्य पदार्थको प्रयोग हो । मध्यपान र धुम्रपानको कारण मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना हुन्छ ।

खानपिन

अत्याधिक चिल्लो, नुन बढि भएको खाना धुँवामा सेकाएको मासु,बासी तथा ढुसी परेका खानेकुरा खानाले क्यान्सर हुने सम्भावना बढि हुन्छ ।

वंशाणुगतत
क्यान्सर हुनुको विभिन्न कारणमध्य वंशानुगत गुण पनि एक कारक तत्व हो । वंशानुगत कारण भन्नाले कुनै व्यक्तिमा क्यान्सर भएमा उसको सन्तति तथा परिवारका अन्य सदस्यहरुमा पनि क्यान्सर हुने सम्भावना रहन्छ ।

विकिरण

हाम्रो शरीरलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न किसिमका विकिरणको प्रभाव परीरहेको हुन्छ । अत्याधिक घाम, परमाणुको प्रभाव र नियमित रुपमा उपचार विधिमा प्रयोग हुने प्रविधिको कारण पनि क्यान्सर हुन सक्छ ।

जिवाणुको कारण तथा अन्य कारण

मानिसमा जिवाणुको कारण पनि क्यान्सर हुन सक्छ । यी तत्वबाहेक वातावरण प्रदुषण, औद्योगिक प्रदुषण, मिसावटयुक्त खानपानको सेवन र विषाक्त रसायन पदार्थको सेवनका कारण पनि क्यान्सर हुने सम्भावना हुन्छ ।

क्यान्सरको समयमै पहिचान र उपचार भएमा यो रोग निको हुन सक्छ । तर समयमै रोग पहिचान नहुँदा मानिसले अकालमा ज्यान गुमाउन परीरहेको छ । त्यसैले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन उपयक्त हुन्छ ।

क्यान्सर हुनबाट बच्न यस्ता कुरामा ध्यान दिनुस्

सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने ।
शाकाहारी र सन्तुलित खाना खाने ।
चर्को नुनको प्रयोग गर्ने ।
धुँवामा सेकाएको मासु कम सेवन गर्ने
चिल्लो, पिरो, बासी तथा ढुसी परेको खाना नखाने ।
नियमित शारीरिक व्यायम तथा योगा गर्ने ।
सरसफाइमा विशेष ध्यान दिने ।
नियमित स्वास्थ्य परीक्षण गर्ने ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : ०६ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै