भेनेजुएला प्रकरणले अमेरिकासँगको सम्बन्धमा समस्या पर्दैन– डा. भट्टराई « Khabarhub

भेनेजुएला प्रकरणले अमेरिकासँगको सम्बन्धमा समस्या पर्दैन– डा. भट्टराई


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको बताएका छन् ।

संवाद चौतारीमा आज(आज) आयोजित साक्षात्कारमा भट्टराईले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा सरकार अडिग रहेको बताउँदै विगतका दिनदेखि नै प्रष्ट रहेको नेपालको परराष्ट्र नीतिबाट नेपाल र अमेरिकाबीचको सौहार्द सम्बन्धमा कुनै आँच नआउने दाबी गरे ।

उनले सार्वभौमसत्ता सम्पन्नमुलुक भेनेजुयलाकोे समस्या त्यहाँका जनताबाट नै समाधान हुनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताए ।
नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध स्थापनापछि नेपालको विकासका लागि अमेरिकाले आर्थिक, शैक्षिक, ऊर्जा धेरै क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै यसले दुई मुलुकबीच कुनै समस्या नआउने बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ३ : ४९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा