भेनेजुएला प्रकरणमा प्रचण्डकै लाइनमा नेकपा सचिवालय « Khabarhub

भेनेजुएला प्रकरणमा प्रचण्डकै लाइनमा नेकपा सचिवालय


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भेनेजुएलयामा बिकसित राजनीतिक घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सोमवार बसेको सचिवालय सदस्यको २० औं वैठकले भेनेजुएलामा विकसित घटनाक्रमप्रति ध्यानाकर्षण भएको प्रस्ताव पारित गरेको छ । साथै सोमवारको वैठकले विदेश नीतिका सम्बन्धमा पार्टीभित्र कुनै द्विविधा नभएको समेत स्पष्ट पारेको छ ।

यसअघि नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विज्ञप्ती जारी गर्दै भेनेजुएलामा संयुक्त राज्य अमेरिकाले अनावश्यक चासो दिएर हस्तक्षेप गरेको भन्दै अमेरिकी कदमको विरोध गरेका थिए ।

प्रचण्डको विज्ञप्तीपछि अमेरिकाले भेनेजुएला प्रकरणमा सरकारको धारणा माग गरेको थियो । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै विकसित राजनीतिक घटनाक्रमको समाधान भेनेजुएलाका जनताबाटै हुनुपर्नेमा जाेड दिएकाे थियो ।

सोमवार बसेको नेकपाको वैठकले पनि कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप हुन नहुने बताएको छ ।

‘हाम्रो पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्दछ । कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै प्रकारको समस्या पैदा भएमा त्यसै देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने मान्यता राख्दछ,’ वैठक पछि महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ४ : ०९ बजे

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष