हेटौंडामा खानेपानी निर्माण शुरु « Khabarhub

हेटौंडामा खानेपानी निर्माण शुरु


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा थाहा नगरपालिकामा दुई करोड ५६ लाखको लागतमा खानेपानी आयोजना निर्माण शुरु गरिएको छ ।

सो आयोजनाअन्तर्गत पानी ट्याङकीका साथै ६८८ धारा निर्माण गरिने जानकारी दिँदै केन्द्रका संयोजक सन्तोष ढकालले नगरपालिकाको वडा नं १० का बासिन्दाले झेल्दै आएको खानेपानी समस्या यस आयोजनाबाट समाधान हुने बताए ।

आयोजना निर्माणका लागि १० प्रतिशत रकम स्थानीय तहले व्योहर्ने कार्यक्रमअन्तर्गत वडा नम्बर १० बाट रु १५ लाख विनियोजन भएको छ ।

खानेपानीका लागि उक्त वडाको फिसिङखेलको धारा चौउरमा बोरिङ गरी खानेपानी निकालिने र धारामा मिटर जडान पानी वितरण जनाइएको छ । विसं २०७२ को भूकम्पपछि पानीको स्रोत सुक्दै गएकाले खानेपानीको समस्या बड्दै गएको वडाध्यक्ष हीराबहादुर गमालले बताए ।

वडा अध्यक्षको उदाहरणीय काम

हेटौँडा उपमहानगरपालिका–५ का अध्यक्षले आफ्नै खर्चमा ६० विपन्न घरपरिवारको स्वस्थ्य बीमा गरिदिएका छन् ।

हेटौँडा– ५ स्थित राई टोलमा रहेका ६० घरपरिवारको वडाध्यक्ष राजेश बानियाँले रु एक लाख ५० हजार खर्च व्यहोरेका हुन् ।

यस क्षेत्रका अर्थोपार्जनमा पछि परेका व्यक्तिका लागि अन्य सहयोग पनि गर्ने उनले जानकारी दिए ।

स्थानीयवासी श्याम राईले वडाध्यक्ष बानियाँ सबैको सहयोगी भएको बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ४ : २४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस