घरको छतबाट खसेको रड लागेर जनप्रतिनिधिको मृत्यु | Khabarhub Khabarhub

घरको छतबाट खसेको रड लागेर जनप्रतिनिधिको मृत्यु


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रे सदरमुकाम धुलीखेलमा निर्माणाधीन एक घरको छतबाट खसेको रड लागेर घाइते भएका जनप्रतिनिधिको उपचारका क्रममा मृत्यु भएको छ ।

काभ्रेको महाभारत गाउँपालिकाको वडा नम्बर ३ का वडासदस्य देवीबहादुर ठाडामगरको सोमवार मृत्यु भएको हो ।

आइतवार निजी कामका लागि लागि सदरमुकाम धुलीखेल आउँदै गरेका ठाडामगर सरस्वती बजारस्थित निर्माणाधीन घरको छतबाट खसेको रडक लागेर गम्भीर घाइते भएका थिए ।

धुलीखेल–७ का सुवर्णकाजी श्रेष्ठको निर्माणाधीन घरको छतबाट रड खसेको थियो । घर निर्माणको जिम्मा ठेकेदार कृष्णराम अवालले लिएका थिए ।

टाउकोमा रड लागेर घाइते भएका ठाडामगरलाई आइतवारै धुलीखेल अस्पतालमा भर्ना गरिएको थियो ।

थप उपचारका लागि उनलाई सोमवार काठमाडौंस्थित नर्भिक अस्पतालमा ल्याइएको महाभारत गाउँपालिका–३ का वडाध्यक्ष ज्ञानबहादुर लामाले खबरहबलाई जानकारी दिए । लामाका अनुसार उपचारकै क्रममा सोमवार ५५ वर्षीय ठाडामगरको मृत्यु भएको हो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ५ : ३९ बजे

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं – राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा