क्यान्सरको सरकारी तथ्यांक एकिन छैन: डा‍. पिया « Khabarhub

क्यान्सरको सरकारी तथ्यांक एकिन छैन: डा‍. पिया


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– वरिष्ठ क्यान्सर विशेषज्ञ तथा क्यान्सर केयर नेपालका अध्यक्ष डा. मदनकुमार पियाले नेपालमा क्यान्सरको उपचार पद्धति सुधारोन्मूख हुँदै गएको बताएका छन् ।

अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा खबरहब डटकमद्वारा आयोजना गरिएको ‘क्यान्सरका विषयमा डाक्टरहरुसँग बहस’ कार्यक्रममा बोल्दै डा. पियाले नेपालमा क्यान्सरका विरामीहरुको सरकारी तथ्यांक एकिन नभएपनि क्यान्सरको उपचारमा आउने विरामीहरुको संख्या भने बढ्दो रहेको बताए ।

उनले क्यान्सर रोग सम्बन्धी नेपाली मिडियाहरुले जगाएको जनचेतनाकै कारण विरामीहरु उपचारका लागि सचेत भएको जनाए । उनले नेपालमा क्यान्सरको उपचारका लागि प्रविधिको समेत विकास भएको जानकारी दिए ।

उनले भने– ‘विगतमा डाइग्नोसिस गर्नेसम्मको सुविधान थिए, अहिले जिल्ला जिल्लामा क्यान्सरका प्याथोलोजिस्टहरु पनि धेरै छन् ।’ उनले क्यान्सर रोगको निदान खानपान र लाइफस्टाइलमा समेत निर्भर रहने बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ६ : ४३ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले