क्यान्सरको सरकारी तथ्यांक एकिन छैन: डा‍. पिया « Khabarhub

क्यान्सरको सरकारी तथ्यांक एकिन छैन: डा‍. पिया


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– वरिष्ठ क्यान्सर विशेषज्ञ तथा क्यान्सर केयर नेपालका अध्यक्ष डा. मदनकुमार पियाले नेपालमा क्यान्सरको उपचार पद्धति सुधारोन्मूख हुँदै गएको बताएका छन् ।

अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा खबरहब डटकमद्वारा आयोजना गरिएको ‘क्यान्सरका विषयमा डाक्टरहरुसँग बहस’ कार्यक्रममा बोल्दै डा. पियाले नेपालमा क्यान्सरका विरामीहरुको सरकारी तथ्यांक एकिन नभएपनि क्यान्सरको उपचारमा आउने विरामीहरुको संख्या भने बढ्दो रहेको बताए ।

उनले क्यान्सर रोग सम्बन्धी नेपाली मिडियाहरुले जगाएको जनचेतनाकै कारण विरामीहरु उपचारका लागि सचेत भएको जनाए । उनले नेपालमा क्यान्सरको उपचारका लागि प्रविधिको समेत विकास भएको जानकारी दिए ।

उनले भने– ‘विगतमा डाइग्नोसिस गर्नेसम्मको सुविधान थिए, अहिले जिल्ला जिल्लामा क्यान्सरका प्याथोलोजिस्टहरु पनि धेरै छन् ।’ उनले क्यान्सर रोगको निदान खानपान र लाइफस्टाइलमा समेत निर्भर रहने बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ६ : ४३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५