कतै राहतको खात, कतै पुर्पुरोमा हात « Khabarhub

कतै राहतको खात, कतै पुर्पुरोमा हात


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बारा, पर्साका हावाहुरी पीडित राहतका कारण झनझन विह्वल बन्दै गएका छन् । पीडितका नाममा जिल्लामा धेरै राहत पुगेपनि त्यसको वितरण व्यवस्थित नहुँदा पीडामा रहेका पीडित झन दुःखी भएको नागरिक दैनिकमा खबर छ । कुनै क्षति नभएकाहरु राहतका लागि पहिला नै लाइनमा बस्दा वास्तविक प्रभावितहरु पखा लागेर रमिता हेर्ने अवस्था उत्पन्न भएको छ ।

तीन सन्तान जोगाए पनि आमा र पत्नी गुमाएका भीम दास तात्वाले हावाहुरीले निम्त्याएको विनासले भावविह्वल भएको बताएका छन् । उनले हावाहुरीसँगै धर्ती नै कम्पन गरेको जस्तो लागेको उनले बताएका छन् ।

हावाहुरी पीडितका लागि राहत वितरणमा स्थानीय सरकार मात्र जुटेको छ । केन्द्र र प्रदेश सरकारले राहतको घोषणा गरेपनि पीडितले पाएका छैन् । अहिले प्रभावित क्षेत्रमा खाद्यान्नको व्यवस्था तथा घरबारबिहीन भएकाहरुको उचित व्यवस्थापन ठूलो चुनौतिको विषय बन्दै गएको छ ।

नेपाली कांग्रेसका नेताहरुले विप्लव समूहलाई चिड्याउँदा असुरक्षा सिर्जना हुने बताएको, फोरम र नयाँ शक्तिबीच भित्रभित्रै एकताको प्रक्रिया अघि बढेको, ललितनिवास प्रकरणमा मातपोतका तत्कालीन प्रमुखहरु छानबिनको घेरामा परेको लगायतका समाचार प्राथमिकतामा छापिएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : ३२ बजे

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार