चेन्नेईको अपराजित यात्रामा ब्रेक, हार्दीक चम्किएपछि मुम्बईको जित « Khabarhub

चेन्नेईको अपराजित यात्रामा ब्रेक, हार्दीक चम्किएपछि मुम्बईको जित


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हार्दीक पाण्ड्याको अलराउण्ड प्रदर्शनमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । बुधबार राति मुम्बईको वानखडे रंगशालामा भएको खेलमा मुम्बईले चेन्नईलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १ सय ७० रन बनायो ।

१सय७१ रनको लक्ष्य लिएर मैदान उत्रिएको चेन्नेईले २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १सय३३ रन मात्रै बनाउन सक्यो । चेन्नईलाई १सय ३३ रनमा रोक्न मुम्बईका अलराउण्डर हार्दीक पाण्ड्याले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ३ विकेट लिए ।

यस्तै, चेन्नईका लागि केदार ज्यादवले अर्धशतक बनाउनु बाहेक अन्यले राम्रो रन जोड्न सकेनन् । उनले ५४ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५८ रन बनाए । सुरेश रायनाले १६ र कप्तान महेन्द्रसिंह धोनीले १२ रनमात्रै बनाउन सके ।

चेन्नईविरुद्ध मुम्बईका पाण्ड्यासँगै लाथिस मालिङ्गाले पनि ३ विकेट लिए भने जासन बेहरेन्डोफले २ विकेट लिएका थिए । यसअघि पहिलो ब्याटिङ गरेको मुम्बईका लागि सुर्यकुमार यादवले अर्धशतक बनाए । उनले ४३ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५९ रन बनाए ।

त्यस्तै, कुर्नल पाण्ड्याले ४२, हार्दीक पाण्ड्याले २५ रन बनाए । मुम्बईविरुद्ध चेन्नईका रविन्द्र जडेजा, दीपक चाहाल, मोहित शर्मा, ड्याइने बाभ्रो र इम्रान ताहिरले समान एक—एक विकेट लिए ।

जीतसँगै मुम्बईले ४ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ भने पराजित चेन्नई ६ अंकसहित शीर्ष दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ७ : ४१ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका