सहकारीको नियमन हुने : राम्रो काम गर्नेलाई प्रोत्साहन, नराम्रो गर्नेलाई कारबाही « Khabarhub

सहकारीको नियमन हुने : राम्रो काम गर्नेलाई प्रोत्साहन, नराम्रो गर्नेलाई कारबाही


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारीको उचित नियमन गर्ने योजनासहित काठमाडौं महानगरले राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्ने र नराम्रो गर्नेलाई कारबाही गर्ने योजना अघि बढाएको छ । महानगर क्षेत्रभित्र सञ्चालित सहकारीहरुको सुक्ष्म अनुगमन गरिने बताउँदै महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले असल काम गर्नेको प्रशंशा र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताइन ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर महानगरको सहकारी विभागले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा खड्गीले भनिन्, ‘केही सहकारीले राम्रो काम गरेका छन् । केहिको बदमासी पनि छ । बदमास नियत भएका सहकारीका कारण राम्रालाई राम्रो भन्न पनि पाइएन । यसलाई महानगरको अनुगमन समितिले महत्वपूर्ण बिषयका रुपमा लिएको छ।’

काठमाडौं महानगर क्षेत्रभित्र १ हजार ८ सय ५६ सहकारी संस्था छन् । तीमध्ये १ सय ६ सय ४४ वटाको उद्देश्य, अरुले आर्जन गरेको रकम संकलन र ऋण प्रवाह गर्ने छ । अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै बिभागका प्रमुख नमराज ढकालले उद्यमशीलता तथा स्वरोजगारमुलक क्षेत्रलाई बढाउने सहकारीलाई प्रवर्धन गरिने बताए । ‘अरुको पैसा बटुलेर त्यसलाई परिचालन गर्नुले सहकारीको मूल उद्देश्य बोक्न सक्दैन । सहकारी त उत्पादनमुलक हुनुपर्छ,’ ढकालले भने, ‘महानगरले अब बिषयगत सहकारीलाई प्रवर्धन गर्छ । अनुगमन तथा सुपरीवेक्षण गर्छ । बचत सहकारीलाई निरुत्साहित गर्दै शिक्षा र सचेतनामुलक कार्यक्रम अघि बढाउँछ ।’

अन्तरक्रियामा बोल्दै बिभागका उपनिर्देशक सुमन अधिकारीले सहकारीका बेथितिका सम्बन्धमा दैनिक औसत १० वटा उजुरी आउने गरेको बताउँदै, सहकारीका नाममा हुने गरेका बिकृत नियन्त्रण गर्न शुन्य सहनशिलता अपनाइने बताए ।

काठमाडौं महानगरपालिकाभित्र मात्र भौगोलिक कार्यक्षेत्र भएका सहकारी संस्थाहरुको संस्थापन, प्रवर्धन, प्रशिक्षण र नियमनका सम्बन्धी काम सम्पादन गर्न गएको भदौ १ गतेबाट महानगरपालिका सहकारी बिभाग स्थापना गरिएको हो । यसले सहकारीहरुको नियमित तथा सामान्य र सघन अनुगमन गर्छ । यसका लागि बिद्युतीय प्रणालीमा आधारित कोपोमिस कार्यान्वयनमा ल्याइसकेको छ । यसमा ५ सय ५० सहकारीले पासवर्ड लिइसकेको छन् ।

यस प्रणालीबाट उनीहरुले महानगरलाई बुझाउनु पर्ने विवरण तथा प्रतिवेदन बुझाउन तथा महानगरसँग रियल टाइममा सोझै आफ्ना समस्या तथा सम्भावना पेश गर्न सक्नेछन् । अहिले महानगरका १ हजार ८ सय ५६ सहकारी संस्थामा करिब २ लाख सदस्यहरु आवद्ध छन् । यी सदस्यहरुबाट करिब ७ अर्ब रुपैयाँ शेयर, ५२ अर्ब रुपैयाँ बचत परिचालन भएको छ भने करीब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १० : १५ बजे

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो

इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु

एजेन्सी– पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको

आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीताको बयान : प्रहरीलाई बचाउन खोज्दा आफै जलेँ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीको आगजनीबाट

हाम्रो पार्टीले जेन-जी आन्दोलनलाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा संलग्नता छैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो