सीके राउतले दिए फेसबुकमा लालबाबु राउतलाई दनक ! « Khabarhub

सीके राउतले दिए फेसबुकमा लालबाबु राउतलाई दनक !


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रदेश सरकारले गरेका निर्णयको चर्को ओलोचना गरेका छन् ।  प्रदेश नम्बर २ सरकारले संघीय सरकारको आलोचना गरिरहँदा सोही प्रदेशलाई केन्द्र बेनाएर राजनीतिमा होमिएका राउत प्रदेश सरकारविरुद्ध खनिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दलित र मुस्लिमको कोटा खोसेर अरुलाई दिने प्रदेश प्रहरी ऐन ल्याएकाे भन्दै विरोध जनाएका छन् । त्यसैगरी दलितहरु प्रदेश सभा घेराऊ गर्न जाँदा प्रदेश सरकारले गरेको दमनको आलोचना गरेका छन् । प्रदेश सरकारका मन्त्रीले दलितलाई अछूत ‘चमार’ भनेर गाली गर्नु गैरकानूनी भएको बताएका छन् ।

त्यस्तै, पछिल्लो पटक बाराको हावाहुरीमा अधिकांश मुस्लिम र दलित मारिँदा प्रदेश सरकार कानमा तेल हालेर सुतेको आरोप लगाएका छन् । हुरीले बढी पीडित बनेका दलित बस्तीमा कुनै भीआइपीले नीरिक्षण नगरेको तथा राहत समेत नपुगको बताएका छन् । उनले दलित र मुस्लिम विरोधी प्रदेश सरकार मुर्दावाद समेत लेखेका छन्  ।

उनले लेखेका छन्-

” केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ? मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन । भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन। जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मंदिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन। तर अहिले भोक-भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०-२० दिन सामूहिक रुपमा मेस संचालन गरेर दाल-भात खुवाउन मुख्यमंत्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ। हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ? “

यस्तो छ अर्को स्टाटस

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १० : ५६ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा