एसईईको प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले आज सार्वजनिक गर्दै « Khabarhub

एसईईको प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले आज सार्वजनिक गर्दै


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा(एसईई) को प्रश्नपत्र ‘लिक’ गराउने अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्दैछ । प्रहरीले विहीवार(आज) प्रश्नपत्र बाहिर्याउने लाई सार्वजनि गर्न लागेको हो ।

परीक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्पत्र बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआईबी)ले घटनाको छानविन गरिरहेको थियो ।

सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज दिउँसो साढे २ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्नपत्र आउट गर्ने अभियुक्तहरुलाई सार्वजनिक गरिने कार्यक्रम छ ।

प्रदेश नम्बर २ मा चैत १४ र १५ भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।

त्यसपछि प्रदेश २ को एसईई परीक्षा स्थगित गरी पुनः परीक्षाको नयाँ तालिका सार्वजनिक गरिएको थियो । नयाँ तालिका अनुसार प्रदेश २ मा यही चैत २२ गतेदेखि परीक्षा शुरु हुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ११ : ३८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल