आर्सनललाई पछि पार्दै टोटनह्याम शीर्ष तेस्रो स्थानमा « Khabarhub

आर्सनललाई पछि पार्दै टोटनह्याम शीर्ष तेस्रो स्थानमा


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टोटनह्याम हट्सपुर इङग्लीस प्रिमियर लिगको शीर्ष तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति पहिलो पटक आफ्नो नयाँ बनेको घरेलु मैदानमा खेलेको टोटनह्यामले क्रिस्टल प्यालेसलाई २—० गोलले पराजित गर्यो ।

नयाँ रंगशाला बनाएपछि पहिलो पटक आफ्नै मैदानमा खेलेको टोटनह्यामले सुखद् सुरुवात गरेको छ । यसअघि आर्सनलले चौथौ स्थानमा झारेको टोटनह्यामले क्रिस्टल प्यालेसलाई पराजित गरेपछि आर्सनललाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो ।

टोटनह्यामका लागि सन ह्युङ मिन र क्रिष्टियन इरिकसेनले गोल गर्दै टिमलाई जीत दिलाए । कोरियाली खेलाडी मिनले खेलको ५५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए भने इरिकसेनले खेलको ८० औं मिनेटमा गोल गर्दै दोहोरो अग्रता बनाएका थिए ।

इरिकसेनको उक्त गोल टोटनह्यामको जितका लागि निर्णायक बन्यो । जीत हात पारेको टोटनह्यामको ६४ अंक छ भने चौथो स्थानमा झरेको आर्सनलको ६३ अंक छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ११ : ०८ बजे

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत