आर्सनललाई पछि पार्दै टोटनह्याम शीर्ष तेस्रो स्थानमा | Khabarhub Khabarhub

आर्सनललाई पछि पार्दै टोटनह्याम शीर्ष तेस्रो स्थानमा


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टोटनह्याम हट्सपुर इङग्लीस प्रिमियर लिगको शीर्ष तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति पहिलो पटक आफ्नो नयाँ बनेको घरेलु मैदानमा खेलेको टोटनह्यामले क्रिस्टल प्यालेसलाई २—० गोलले पराजित गर्यो ।

नयाँ रंगशाला बनाएपछि पहिलो पटक आफ्नै मैदानमा खेलेको टोटनह्यामले सुखद् सुरुवात गरेको छ । यसअघि आर्सनलले चौथौ स्थानमा झारेको टोटनह्यामले क्रिस्टल प्यालेसलाई पराजित गरेपछि आर्सनललाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो ।

टोटनह्यामका लागि सन ह्युङ मिन र क्रिष्टियन इरिकसेनले गोल गर्दै टिमलाई जीत दिलाए । कोरियाली खेलाडी मिनले खेलको ५५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए भने इरिकसेनले खेलको ८० औं मिनेटमा गोल गर्दै दोहोरो अग्रता बनाएका थिए ।

इरिकसेनको उक्त गोल टोटनह्यामको जितका लागि निर्णायक बन्यो । जीत हात पारेको टोटनह्यामको ६४ अंक छ भने चौथो स्थानमा झरेको आर्सनलको ६३ अंक छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ११ : ०८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता