काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक समूह र प्रगतिशील समूहबीच कडा टक्कर देखिएको छ ।
नेकपा निकट र नेपाली कांग्रेस निकटका अध्यक्षबीचको प्रतिपर्धा जारी रहँदा शुक्रवार(आज) को पछिल्लो गणनामा नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले झिनो अग्रता बनाएका छन् ।
करिब १३ सय मत गणना बाँकि रहँदा ५३ मतले अगाडि रहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३ हजार ९१ मत पाउँदा लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल ३ हजार ३८ मत पाएका छन् । मतगणनाको अन्तिम परिणाम आजै आउने सम्भावना रहेको छ ।
पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।
बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।
प्रतिक्रिया