५० जनाको ज्यान जानेगरी मस्जिदमा आक्रमण गर्ने विरुद्ध अभियोग दर्ता « Khabarhub

५० जनाको ज्यान जानेगरी मस्जिदमा आक्रमण गर्ने विरुद्ध अभियोग दर्ता


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूजिल्याण्ड–न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका दुई मस्जिदमा आक्रमण गर्ने बन्दुकधारीविरुद्ध हत्या सम्बन्धी ५० वटा तथा हत्या प्रयाससम्बन्धी ३९ वटा अभियोग दर्ता गरिएको छ ।

गत मार्च १५ मा ५० जनाको ज्यान जानेगरी मुसलमान धर्मावलम्बीविरुद्ध भएको आक्रमणमा संलग्न बन्दुकधारीविरुद्ध न्यूजिल्याण्डका अभियोजनकर्ताले अभियोग दर्ता गरेका हुन् ।

यसअघि उनीविरुद्ध हत्यासम्बन्धी एक अभियोगमा मुद्धा दायर गरिएको थियो । त्यस अभियोगको सुनुवाई भने भइसकेको छैन ।

न्यूजिल्याण्डको प्रहरीले उनीविरुद्ध थप अभियोग पनि लगाउने तयारी भइरहेको जनाएका छन् ।

संदिग्ध आक्रमणकारी अष्टे«लियन नागरिक २८ वर्षे ब्रेण्टन टर्राण्ट शुक्रबार अदालतमा हाजिर हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  २ : ३८ बजे

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,