हावाहुरी प्रभावितलाई जलविद्युत लगानी कम्पनीबाट ४ लाख राहत « Khabarhub

हावाहुरी प्रभावितलाई जलविद्युत लगानी कम्पनीबाट ४ लाख राहत


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि ४ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बिहीबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिरकुमार ढंगानालाई सो राहत रकम हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री राहत कोषमार्फत् बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि ४ लाख राहत रकम हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अध्यक्ष रहने सो कम्पनीको गत बुधबार बसेको बैठकले कम्पनीको सामाजिक उत्तरदायित्व कोषमा रहेको रकम बारा र पर्साको हावाहुरी प्रभावितलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

हालसम्म ३ अर्ब ९ करोड मुनाफा आर्जन गर्न सफल सो कम्पनीले राज्यलाई १ अर्ब ६५ करोड कर बुझाइसकेको जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ३ : ०४ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच