‘क्याप्टेन मार्भल’ रिलिज हुँदा ‘लभ स्टेशन’ लाई कति घाटा ? « Khabarhub

‘क्याप्टेन मार्भल’ रिलिज हुँदा ‘लभ स्टेशन’ लाई कति घाटा ?


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी धमाकेदार व्यापार गरेको हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ गत फागुन २४ मा रिलिज हुने भनिएको थियो । तर नेपालको वितरण टिमसँग कुरा नमिलेपछि अन्तिम समयमा आएर यो फिल्म चलेन । अहिले भने यो फिल्म विदेशमा रिलिज भएको निकै ढिलो गरी नेपालमा रिलिज हुने भएको छ ।

गोपीकृष्ण मुभिजसँगको सम्झौता भएपछि यो फिल्म नेपालमा भोलि चैत्र २२ गतेदेखि प्रदर्शनमा आउन लागेको हो । नेपाली दर्शकमाझ पनि उत्तिकै प्रतीक्षित यो फिल्म भोलि रिलिज हुने भएपछि यसको असर नेपाली फिल्म ‘लभ स्टेशन’ मा पर्ने देखिएको छ । ‘लभ स्टेशन’ मा पछिल्लो समय युवापुस्तामाझ नोटिस भएका अभिनेता प्रदीप खड्का छन् । उनको अपोजिटमा नायिका जसिता गुरुङ छिन् । यो फिल्म पहिले नै चैत्र २२ मा रिलिज हुने तय भएको थियो ।

लभस्टोरी यो फिल्म एक्लो रिलिज हुन लागिरहेका बेला हलिउडको प्रतीक्षित फिल्म ‘क्याप्टेन मार्भल’ रिलिज हुने भएपछि ‘लभ स्टेशन’ लाई घाटा हुने देखिएको हो ।

यद्यपि काठमाडौंमा सबैभन्दा धेरै व्यापार गर्ने क्युएफएक्सका मल्टिप्लेक्स हलहरुमा भने यो फिल्म रिलिज गरिने छैन । यीबाहेक अन्य मल्टिप्लेक्स हलमा ‘क्याप्टेन मार्भल’ लाग्नेछ । प्रदीप र जसिताको फिल्म ‘लभ स्टेशन’ ले दर्शकमाझ एक किसिमको क्रेज भने बनाउन सफल भएको छ ।

हलिउड फिल्मले एक खाले दर्शकलाई आफूतिर तान्ने आँकलन गरिए पनि सिङ्गल थिएटरका हलमा भने प्रदीपको फिल्मले पनि दर्शक ओसार्ने अनुमान गरिएको छ ।

निकै ढिलो गरी रिलिज भएको ‘क्याप्टेन मार्भल’ ले मल्टिप्लेक्सका दर्शकलाई आफूतिर ताने पनि अन्य दर्शकको रोजाइमा भने ‘लभ स्टेशन’ नै पर्ने अनुमान गरिएको छ ।

भोलि शुक्रबारदेखि नै यी दुईबाहेक हलिउड फिल्म साजम पनि रिलिज हुँदैछ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ३ : ५१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल