बारमा प्रगतिशीलको वर्चश्व, अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी | Khabarhub Khabarhub

बारमा प्रगतिशीलको वर्चश्व, अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार श्रेष्ठले ४०२२ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले ३८७३ मत प्राप्त गरेका छन् ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल ४ हजार १ सय ७८ मतका साथ विजयी भएका छन् । प्रगतिशीलतर्फका महासचिवका उम्मेदवार सुरेन्द्रबहादुर थापाले भने ३ हजार ७ सय १ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रगतिशील समूहकै तर्फबाट कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल ४ हजार ४६ र महिला उपाध्यक्षमा रक्षा बस्याल ३ हजार ९ सय ४७ मतका साथ विजयी भएका छन् ।

२५ सदस्यीय कार्य समितका लागि भएको चुनावमा नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट २२ सिटमा जित हासिल भएको छ ।

लोकतान्त्रिक प्यानलका तर्फबाट महासचिव र प्रदेश ५ का उपाध्यक्ष विजयी भएका छन् । त्यसैगरी मधेसी मुस्लिममा उपत्यका बाहिरबाट खुला सदस्य तर्फ मनोज कुमार चौधरी विजयी भएका छन् ।

नयाँ कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।

२५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये ८ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : २० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते