हुरीपीडितको उद्धार र राहतमा कुनै कमी छैन– सञ्चारमन्त्री बास्कोटा « Khabarhub

हुरीपीडितको उद्धार र राहतमा कुनै कमी छैन– सञ्चारमन्त्री बास्कोटा


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बारा र पर्साका हावाहुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी नरहेको दावी गरेका छन् ।

मन्त्री बास्कोटाले पीडितका लागि आवश्यक अस्थायी रुपमा खाने, बस्ने र औषधि उपचार गर्नेलगायतको व्यवस्था गरिएको बताए ।

बिहीबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री वास्कोटाले हावाहुरी पीडितको उद्धार तथा राहतमा कमी हुन नदिन संघीय सरकारले प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सामाजिक संघ, संस्थाहरुलाई परिचालन गरिरहेको पनि बताए ।

मन्त्री बास्कोटाले आँधि–हुरी पीडितको धनमालको क्षतिको यकीन विवरण आएपछि पुनर्स्थापना र पुनर्वासको आवश्यक व्यवस्था सरकारले मिलाउने बताए ।

प्रधानमन्त्री केपी ओली आफैंले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितको पुनर्वासको व्यवस्था गराउने प्रतिवद्धता जनाएको र त्यसका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको मन्त्री वास्कोटाको भनाइ छ ।

गत चैत्र १७ गते आइताबार साँझ आएको हावाहुरीमा परी बारा र पर्साका गरी २८ जनाको ज्यान गएको थियो भने करिब ७ सय घाइते भएका थिए । घाइतेहरुको सरकारले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ५ : ४० बजे

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार