चिकित्सक भन्छन् : जे सुकै कारबाही गरोस् आन्दोलन रोकिँदैन « Khabarhub

चिकित्सक भन्छन् : जे सुकै कारबाही गरोस् आन्दोलन रोकिँदैन


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अस्पताल क्षेत्रमा हडताल गर्न नपाइने निर्णय गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अस्पताल, एम्बुलेन्स, औषधि उत्पादनका क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय भएको बताएका हुन् । अस्पताल क्षेत्रमा हडताल गर्न नपाईने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिएका छन् ।

यता कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै सरकारी चिकित्सकले शुक्रबार (भोलि) नै अस्पताल बन्दको कार्यक्रम घोषणा गरीसकेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार चिकित्सकको अस्पताल बन्दको कार्यक्रम कानून विपरित ठहर हुनेछ ।

अस्पतालमा हड्ताल गर्न नपाइने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपनि सरकारी चिकित्सकले भने आफ्नो आन्दोलनको कार्यक्रम जारी रहने बताएको छ । सरकारी चिकित्सक संघका अध्यक्ष दिपेन्द्र पाण्डेले आफूहरुको आन्दोलन जारी रहने जाकारी दिए ।

‘मन्त्रिपरिषद्को निर्णय जे सुकै आओस् हाम्रो आन्दोलन रोकिँदैन, प्रधानमन्त्रीले गरेको प्रतिवद्धता कार्यान्वयन नगर्ने अनि विरोध गर्न पनि नपाइने,’ डा पाण्डेले खबरहबसँग भने, ‘मन्त्रिपरिषद्ले सरकारी चिकित्सक चाहिँदैन भनेर निर्णय गरोस् हामी तुरुन्तै राजीनामा दिन्छौं ।’

 

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ७ : ४१ बजे

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।