‘साउथ चाइना सी’मा चिनियाँ कदम सार्वभौमिकता विरोधी: फिलिपिन्स « Khabarhub

‘साउथ चाइना सी’मा चिनियाँ कदम सार्वभौमिकता विरोधी: फिलिपिन्स


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– दक्षिण चीन सागरमा हाल आफ्नो प्रशासनमा रहेको टापुनजिक अनुमतिबेगर चिनियाँ डुङ्गाहरु आउनु आफ्नो सार्वभौमिकताको विरुद्धमा रहेको फिलिपिन्सले जनाएको छ ।

बिहीबार फिलिपिन्सको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिण चीन सागरमा अवस्थित फिलिपिन्समा पगासा भनिने थिटु टापुनजिक २ सयभन्दा धेरै चिनियाँ माछा मार्ने पानीजहाज आएको घटना अन्तर्राष्ट्रिय मान्यता अनुसार गैर कानूनी रहेको र आफ्नो सार्वभौमिकताको विरुद्धमा रहेको जनाएको हो ।

फिलिपिन्सको विदेशमन्त्रालयले विज्ञप्तिमा चिनियाँ डुङ्गाहरु त्यहाँ आउनुले चीनको नियतमा प्रश्न उठाएको र उनीहरु बलपूर्वक आफ्नो उद्देश्य पूरा गर्ने दाउमा रहेको स्पष्ट भएको उल्लेख गरेको छ ।

त्यस्तै, चीनसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने नीतिका साथ सन् २०१६ मा फिलिपिन्सको राष्ट्रपतिमा निर्वाचित रोड्रिगो डुटेर्टेले भने चीनले फिलिपिन्ससँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न चाहेको प्रतिक्रिया दिँदै आएका छन् ।

उनले मंगलबार भनेका थिए, ‘चीनले फिलिपिन्सलाई बन्दुक र गोलीगठ्ठा दिँदै आएको छ र हालसम्म उसले फिलिपिन्सको कुनै भूभाग माग गरेको छैन ।’

फिलिपिनी सेनाको तथ्याङ्क अनुसार यो वर्षको शुरुदेखि मार्च महिनासम्म पगासा टापुमा २ सयभन्दा धेरै माछा मार्ने डुङ्गाहरु आएका थिए ।
अमेरिकी सेनाको पश्चिम प्रशान्त निर्देशनालयले ती डुङ्गाहरुलाई संदिग्ध सामुद्रिक लडाकुको संज्ञा दिएको थियो ।

दक्षिण चीन सागरको जलक्षेत्रमा चीन र फिलिपिन्ससहित ब्रुनाई, भियतनाम, इण्डोनेशिया, मलेशिया र अन्य मुलुकहरुले आ–आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ११ : ०० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको