म्यानमारमा हेलिकोप्टरबाट रोहिङ्ग्यामाथि आक्रमण, ५ जना मारिए | Khabarhub Khabarhub

म्यानमारमा हेलिकोप्टरबाट रोहिङ्ग्यामाथि आक्रमण, ५ जना मारिए


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यान्मार– म्यान्मारको हिंसाग्रस्त रखायन राज्यमा हेलिकोप्टरले मुसलमान धर्मावलम्बी रोहिङ्ग्या सर्वसाधारणलाई आक्रमण गर्दा ५ जनाको ज्यान गएको छ ।
रखायन राज्यको बुठिडाउँ गाउँमा बाँस जम्मा पार्न भेला भएका रोहिङ्ग्या समुदायका मानिसहरुमाथि हेलिकोप्टरबाट आक्रमण भएको स्थानीय बासिन्दालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । आक्रमणमा अरु १३ जना घाइते भएका छन् ।
रखायन राज्यका मुसलमानविरुद्धको कारवाहीका क्रममा म्यानमारको सेनाले त्यस गाउँलाई सन् २०१७ मा नष्ट गरेका थिए ।
आक्रमण कसले गराएको हो भन्ने स्पष्ट नभएपनि आक्रमणमा सेनाको हात रहेको हुनसक्ने बताइएको छ ।
आक्रमणबारे सेनाले हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन । यद्यपि सेनाले छिटै यस घटनाबारे सत्य कुरा बाहिर ल्याउने प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ ।
हाल त्यस स्थानको अवस्था निकै त्रासदीपूर्ण रहेको र मानिसहरु घरबाहिर निस्कन समेत डराइरहेको बताइएको छ ।
म्यानमारको सेनाले त्यहाँ रहेका अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमानविरुद्ध कारवाही गर्दै आएको छ ।
सन् २०१७ मा म्यानमारको सेनाले त्यहाँ गरेको कारवाही पछि लाखौँ रोहिङ्ग्याहरु भागेर छिमेकी मुलुक बंगलादेश र अन्य मुलुकमा शरणार्थी बन्न पुगेका थिए ।
संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संघसंगठनहरुले उक्त घटनालाई जातीय नरसंहारको संज्ञा दिँदै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ९ : १३ बजे

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको  शुभकामना व्यक्त गर्दै

चारआना, चारपाङ्ग्रे र चाकरीको चकचकी

आँगनमा चारो टिप्दै गरेको कुखुरा हेरेर टोलाइरहेको एउटा मनोरोगी गम्न

बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र ध्वस्त (तस्बिरहरू)

काठमाडौं– मंगलबार बिहान रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति

इन्धन अभावले गाजाका अस्पतालमा समस्या : एम्बुलेन्स चल्नसमेत कठिन

गाजा – गाजामा इन्धन अभावका कारण अस्पतालमा समस्या हुन थालेको