‘प्रेसलाई स्वतन्त्र हुन देउ’ « Khabarhub

‘प्रेसलाई स्वतन्त्र हुन देउ’


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मिडिया सोसाइटीले प्रेसलाई नियन्त्रण गर्ने आदेश तत्काल सच्याउन सरकारसँग आग्रह गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा सरकार वा सत्ताभन्दा ठूला जनता हुने भन्दै जनताको अभिव्यक्ति गर्ने माध्यम मिडियालाई कुनै अंकुश र नियन्त्रणमा राख्न नहुने बताए।

जनताको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रेस विरोधी, प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि प्रकारका आदेश र निर्देशनहरु तत्काल सच्याएर ‘समृद्ध नेपाल सुखी नेपाली‘ को महाअभियानबाट नेपाली मिडियालाई विमुख नबनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

सञ्चारसँग सरोकार राख्ने संघ, संस्था र संगठनसहित सबै लोकतान्त्रिक राजनीतिक दललाई समेत लोकतन्त्रको सबैभन्दा ठूलो गहना प्रेस स्वतन्त्रतामाथि मडारिन थालेको कालो बादलको बारेमा सचेत रहन विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ९ : १६ बजे

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक