‘प्रेसलाई स्वतन्त्र हुन देउ’ « Khabarhub

‘प्रेसलाई स्वतन्त्र हुन देउ’


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मिडिया सोसाइटीले प्रेसलाई नियन्त्रण गर्ने आदेश तत्काल सच्याउन सरकारसँग आग्रह गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा सरकार वा सत्ताभन्दा ठूला जनता हुने भन्दै जनताको अभिव्यक्ति गर्ने माध्यम मिडियालाई कुनै अंकुश र नियन्त्रणमा राख्न नहुने बताए।

जनताको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रेस विरोधी, प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि प्रकारका आदेश र निर्देशनहरु तत्काल सच्याएर ‘समृद्ध नेपाल सुखी नेपाली‘ को महाअभियानबाट नेपाली मिडियालाई विमुख नबनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

सञ्चारसँग सरोकार राख्ने संघ, संस्था र संगठनसहित सबै लोकतान्त्रिक राजनीतिक दललाई समेत लोकतन्त्रको सबैभन्दा ठूलो गहना प्रेस स्वतन्त्रतामाथि मडारिन थालेको कालो बादलको बारेमा सचेत रहन विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ९ : १६ बजे

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर