मेक्सिकोसँगको सिमा क्षेत्रमा थप अमेरिकी सेना परिचालन « Khabarhub

मेक्सिकोसँगको सिमा क्षेत्रमा थप अमेरिकी सेना परिचालन


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सिमा क्षेत्रमा थप तीन हजार ७०० अमेरिकी सेना परिचालन गरेको छ । सिमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीहरुलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि उनीहरुलाई पठाइएको जनाएको छ ।

सिमा शुल्क उठान र सिमाना रक्षाका लागि कुटनीतिक अधिकारीहरू पनि बढाइने पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

“उनीहरुलाई अहिले थप ९० दिनका लागि खटाइएको छ, सुरक्षा निकायहरूको सिफारिसका आधारमा फेरि निरन्तरता दिन पनि सकिनेछ, देशको दक्षिणी सिमानाको रक्षाका लागि उनीहरुलाई खटाइएको हो,” वक्तव्यमा लेखिएको छ ।

मेक्सिकोमा सिमा सुरक्षाका लागि बजेट छुट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति सांसदहरुले विमति जनाएपछि सम्झौताको प्रयास भइरहेका वेला सिमा क्षेत्रमा थप सेना पठाइएको हो ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने प्रस्ताव पटक पटक गर्दै आएका छन् । पर्खाल लगाउनका लागि कोषको व्यवस्था नगरेमा राष्ट्रिय सङ्कट घोषणा गर्ने पनि उहाँले बताउनुभएको छ ।

उनले सन् २०१६ मा भएको राष्ट्रपतिय निर्वाचनका बेला मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउने चुनावी एजेण्डा मुख्य बनाएका थिए ।
उनको यो एजेण्डालाई कार्यान्वयन गर्नका लागि संसदलाई छलेर गर्न सक्ने अवस्था छैन भने संसदले पनि यसलाई स्वीकार्न सकेको छैन । राष्ट्रपति ट्रम्पका लागि यो विषय निकै चुनौती बन्दै गएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : ०८ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा