पारस खड्का हाइ–हाई ! ज्ञानेन्द्रको क्याचले, कोल्टो फेर्यो म्याचले… « Khabarhub

पारस खड्का हाइ–हाई ! ज्ञानेन्द्रको क्याचले, कोल्टो फेर्यो म्याचले…



काठमाडौं– पारस खड्का हाइ–हाई ! ज्ञानेन्द्रको क्याचले, कोल्टो फेर्यो म्याचले…

सन्दीप जोरा, नेपालको छोरा..

खेलाडीलाई सम्मान दे ! क्यानको राजनीति बन्द गर ! क्यानको प्रतिबन्द फुकुवा गर …..

यस्तैयस्तै, नारासहित सोमबार(आज) अपराह्न त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्र गुञ्जयमान भएको थियो ।

राजनीतिक घटनाक्रममा मात्र लाग्ने गरेको नारा आज देशका लागि लाग्यो । क्रिकेट खेलाडीले विश्वमाझ देशको शीर उचो बनाएर फर्कदैं गर्दा खेलाडीसँग जीत साट्न विमानस्थल पुगेका समर्थकले कसैको विरोधमा भन्दा पनि खेलाडीको सम्मानमा नारा गुञ्जाए । जितको खुसीमा नारा लगाइरहेकाहरुको बेलाबेलामा गलासमेत अवरुद्ध भएको थियो । उनीहरुले खेलाडीको समर्थनमा मात्र नारा सिमित राखेनन् । खेलको विकासमा सरकारले केही गर्न नसकेको भन्दै आक्रोश पनि पोखे ।

ऐतिहासिक तथा गर्विलो जीत हात पारेर स्वदेश फर्किएको नेपाली टोलीको स्वागतका लागि विमानस्थल पुगेका राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार बिष्टलगायत सरकारी अधिकारीको अगाडि क्रिकेट समर्थकले आक्रोश पोखेका थिए ।

सरकारले  प्रत्येक खेलाडीलाई जनही पाँच लाख नगद दिने घोषणा गरेको छ

त्यसोत, सरकारी पक्षले पनि खेलाडीको स्वागतलाई ऐतिहासिक नै बनाएको थियो । यूएई विरुद्ध दुईवटा सीरिज  स्वीप गरेर स्वदेश फर्किएका खेलाडी पहिलोपट ‘रातो कार्पेट’ ओछ्याएर स्वागत गरेको थियो । खेलाडीका लागि सरकारले ३२ मिटर रातो कार्पेट राखेर स्वागत गरेको थियो ।

प्रशंसकले नेपाली क्रिकेटको सफलताका मुख्य हिस्सेदार पारस खड्काको जय जयकार गर्नुकासाथै उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत युवा खेलाडीको नाममै नारा लगाएका थिए ।

विमानस्थलै नगदले सम्मान !

खेलाडीको स्वागतका लागि विमानस्थल पुगेका राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिनाले खाममा राखेर प्रत्येक खेलाडीलाई नगद सम्मान गरेका थिए ।

सरकारले  प्रत्येक खेलाडीलाई जनही पाँच लाख नगद दिने घोषणा गरेको छ ।


खेलाडीमाथि पुष्प वर्षा

राष्ट्रिय क्रिकेट टोलीबाट ट्वान्टी—२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका अभिनास बोहरा डेब्यू प्रतियोगितामै म्यान अफ दी सिरीज बनेका थिए ।
नेपाली टोली विमानस्थलबाट बाहिरिँदा बोहरा र भीम सार्कीको लगेजमाथि यूएईमा जितेको ट्रफी राखिएको थियो ।

क्रमैसँग एकपछि अर्को गर्दै खेलाडीहरु आगमक कक्षबाट बाहिरिँदा सरकारी अधिकारी र परिवारका सदस्यहरुले पुष्पवृष्टि गरेका थिए ।
खेलाडीहरुलाई राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिनाा, मन्त्री विश्वकर्मासहितको टोलीले फूलमालासहित मालासहित स्वागत गरेका थिए ।

जीतलाई निरन्तरता दिन्छौं– पारस खड्का

समर्थकलाई मुुस्कानसहित हात हल्लाएका कप्तान पारस खड्काले यो जितलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । “पहिलो पटक एकदिवसीय सिरीज जितेका छौं । यो जितलाई आगामी दिनमा निरन्तरता दिनेछौं,” पारसले भने,“ ब्याटिङमा उमेश पटुवाल सरले धेरै डिफेन्स गर्नुभएको थियो । हामीले ब्याटिङमा राम्रो सुरुआत गरेका छौं तर, पूर्ण रुपमा सुधार हुन अझै समय लाग्छ ।”

टिममा युवा खेलाडी धेरै रहेको बताउँदै कप्तान खड्काले सम्पूर्ण टिमले राम्रो प्रर्दशन गरेको भन्दै अहिलेको प्रदर्शनलाई स्थायी रुपमा अगाडि बढाउनु पर्ने बताए ।

“नेपालमा क्रिकेट रंगशाला बन्नु सकारात्मक कुरा हो । घोषणा भन्दा पनि रंगशाला बनोस् भन्ने सबैको चाहना हो । धुर्मुस—सुन्तली फाउन्डेसनले जुन काम आह्वान गर्नुभएको छ आशा छ उहाँहरुले आफ्नो वाचालाई पुरा गर्नु हुनेछ । रंगशाला बन्यो भने नेपाली क्रिकेटका लागि राम्रो हुन्थ्यो,” कप्तान खड्काले भने ।

राष्ट्रिय क्रिकेट टोली युएईमा रहँदा धुर्मुस—सुन्तली फाउन्डेसनले चितवनमा गौतम बुद्द अन्तराष्ट्रिय रंगशाला निर्माणको घोषणा गरेकोे थियो ।
”अवसर पाए अनुसार खेलाडीले पनि आफूलाई प्रमाणित गरेका छन्,” यूएईबाट विमानस्थलमा ओर्लिएपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटाले भने,“युएईविरुद्ध युवा खेलाडीहरुले राम्रो खेले । कप्तान पारस आफैले पनि शतक प्रहार गरे । अहिले खेलाडीलाई पनि टिममा परिरहन चुनौति रहेको छ ।”

खेलाडीले राम्रो खेलेपनि उनीहरुले लामो समयदेखि तलब नै नपाएको भन्दै उनीहरुको सुबिधामा ध्यान दिनुपर्ने बताए ।

अब टोली ट्वान्टी—२० विश्व कपका तयारीमा लाग्नु पर्ने बताएका प्रशिक्षक टमटाले धुर्मुस—सुन्तली फाउन्डेसनले रंगशाला बनाउनु राम्रो भएको बताए ।

युएई भ्रमणमा ट्वान्टी—२० शृङ्खलामा ओपनिङ राम्रो भएको भन्दै ५० ओभरका खेलहरुमा ओपनिङ सुधार्न प्रतियोगिता बढाउनु पर्ने बताए ।

नेपाली टोलीले युएईमा तीन एकदिवसिय अन्तराष्ट्रिय शृङ्खला तथा तीन ट्वान्टी—२० शृङ्खला खेलेको थियो । दुवै शृङ्खलामा नेपालले २—१ को जित निकाल्दै क्लिनस्विप गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : २९ बजे

दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

एजेन्सी– दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको गस्तीमाथि

नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा

अभ्यास खेलमा मलेसियामाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी