खबरहबको औपचारिक शुभारम्भका झलकहरू « Khabarhub

खबरहबको औपचारिक शुभारम्भका झलकहरू


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधिको व्यापकतालाई वास्तविक प्रयोगमा ल्याउँदै डिजिटल पत्रिका खबरहबडट्कमको औपचारिक शुरुवात भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले दरबारमार्गस्थित पेभेलियन मिडिया ग्रुपको कार्यालयमा अनलाइन पोर्टल खबरहबडट्कमको औपचारिक शुरुवात गरेका हुन् ।

उद्याेगी–व्यापारी, नेपालस्थित विभिन्न मुलुकका राजदूत, कुटनीतिक नियोगका अधिकारीको उपस्थितिमा खबरहबको उद्घाटन गरिएको हो ।

उपराष्ट्रपति पुनलाई खबरहब प्रकाशक संस्था पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठ, प्रधानसम्पादक जीवराम भण्डारी, समाचार कोर्डिनेटर गजेन्द्र बस्नेतलगायत डेस्क र रिपोर्टिङ शाखाका पत्रकार/कर्मचारीले स्वागत गरेका थिए ।

उद्घाटन गर्दैै उपराष्ट्रपति पुनले सूचना प्रविधिको क्षेत्रमा खबरहवले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत र कुटनीतिक नियागका अधिकारीले सूचना, सञ्चारको क्षेत्रमा खबरहबले महत्वपूर्ण भूमिका खोल्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

नेपाली र अंग्रेजी भाषाबाट शुरुवात भएको खबरहबले आफ्नो भाषागत प्रकाशनको व्यापकता विस्तार गर्दै जाने छ । खबरहब निकट भविष्यमा नै थप केही भाषामा पनि आफ्ना सामाग्रीहरुलाई पस्कनेछ ।

हेरौं खबरहब शुभारम्भका थप केही तस्वीरहरु,

 

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : १५ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको