आज मातातिर्थ, आमाप्रति श्रद्धाअर्पण गरेर आशिर्वाद लिइँदै | Khabarhub Khabarhub

आज मातातिर्थ, आमाप्रति श्रद्धाअर्पण गरेर आशिर्वाद लिइँदै


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ ।

आमाप्रति श्रद्धा दर्शाउन बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका विभिन्न मठमन्दिरमा बिहानैदेखि सर्वसाधारणको भिड लागेको छ । बिहान सबेरैदेखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ ।

यस्तै भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिईरहेका छन् । आमाको लागि मीठा परिकार किन्नेहरुको मिठाई पसलहरुमा भीड छ ।

घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुगेका छन् । घर जान नपाएकाहरुले भने टेलिफोन गरेर आमालाई सम्झेका छन् । पछिल्लो समयमा बढ्दो सूचना प्रविधिको विकासले फेसबुक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालमा मातातीर्थ औँसी र यसको महत्व सम्बन्धमा विभिन्न किसिमले उल्लेख गरिएको पाइन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ७ : २७ बजे

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ ।

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ