‘आमा–बुवाको योजना अनुसार अघि बढ्दा दुई स्वर्ण जितें’ | Khabarhub Khabarhub

‘आमा–बुवाको योजना अनुसार अघि बढ्दा दुई स्वर्ण जितें’



नेपालगञ्ज- एउटा अभिभावकका लागि सधै सन्तानको सफलता सर्वोच्च हुने गर्छ । अभिभावकले देखाएको पदचापमा अगाडि बढ्नु कतिपय सन्तानको सपना बन्छ ।

कतिले आफ्नै योजना बुन्छन्, अघि बढ्छन् । तर, आर्चरी खेलाडी अर्चना थापाले बुबाआमाको योजना अनुसार अगाडि बढीन् राष्ट्रिय च्याम्पियन पनि बनिन् । च्याम्पियन भएपछि अर्चनाका घरबाट बुवाले फोन गरेर बधाई दिएका थिए । उनले भनिन्,‘अझै धेरै मेहनत गर्न भन्नु भएको छ ।’

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा अर्चनाले महिलातर्फ टिम खेल र व्यक्तिगत स्पर्धामा गरी दुई स्वर्ण हात पारिन् ।

आर्चरीमा १० स्वर्णकालागि खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

त्यसमध्ये अर्चनाले दुई स्पर्धामा स्वर्ण पदक हात पारिन् । उनले टिम इभेन्ट र स्ट्यान्डर क्याटागोरीमा व्यक्तिगततर्फ ३० मिटरमा आफ्नै साथीलाई पछि पार्दै स्वर्ण हात पारेकि थिइन् ।

टिम इभेन्टमा साथीसँग मिलेर खेल्दै स्वर्ण जितेकि अर्चनाले व्यक्तिगत तर्फ भने आफ्नै समूहकी अनुसा गुरुङलाई ६–२ स्कोरले पछि पार्दै स्वर्ण हात पारेकि थिइन् ।

खेलमा नत, साथी हुन्छ न दुश्मनै । अर्चनाको टिम इभेन्टमा सँगैको सहकर्मीसँग मिलेर खेल्दा हात परेको सफलता व्यक्तिगततर्फ आफ्नै मित्रलाई हराउनु पर्यो । यो अर्चना र अनुसाको मात्रै कुरा होइन । जुनसुकै खेलमा यस्तै हुन्छ ।

टिम इभेन्टमा मिलेर खेलेकी साथीलाई व्यक्तिगत तर्फ हराउन निकै मेहनत गर्नु परेको उनको निष्कर्ष थियो ।

त्यसोत, अर्चनासँग सातौं राष्ट्रिय खेलकुलदको पनि अनुभव थियो । तर, अहिलेको जस्तो सम्झन लायक प्रदर्शन भने आफूले गर्न नसकेको भन्दै उनले आफ्नो विगत सम्झिइन् ।

उनी सातौं राष्ट्रिय खेलकुदमा विराटनगरमा आर्चरी खेल्न गइरहँदा आफूसँग अहिलेको जस्तो अनुुभव र आत्मविश्वास दुवै नभएको उनको भनाइ छ ।

रातभरको बसको यात्रा गरेर नेपालगञ्जको गर्मी खान आइपूग्दा उनीसँग धेरै अनुभव नभएपनि विपक्षीलाई पछि पार्छु भन्ने आत्मविश्वास भने पक्कै थियो । राम्रो अभ्यास गरेकि थिइन् । अन्नपूर्ण आर्चरी क्लबबाट राष्ट्रिय खेलकुदमा सहभागी भएकी उनी आत्मविश्वासका साथ मैदान उत्रिइन् ।

स्वर्ण विजेता अर्चनाले भनिन्,‘तयारी राम्रो गरेकि थिए । पदक जित्दा खुसी छु,’ आफ्नो सफलताबारे उनी भन्छीन्,‘ पोखराको आर्चरी मैदानमा हरेक दिन तयारी गथ्यौं । अभ्यास गरिरहँदा गुरुहरुले पनि सघाउनु हुन्थ्यो । केही कमजोरी भएको अवस्थामा गुरुले सहयोग पनि गर्नुहुन्छ ।’

नेपालको एकमात्रै आर्चरी मैदान पोखरा रंगशाला परिसरमा रहेको छ । आर्चरी विश्वका निकै कम महँगा खेल मध्येमा पर्छ ।

यो खेल सामान्य व्यक्तिले खेल्छु भनेर पनि खेल्न सक्ने अवस्था छैन् । तर, पोखरा आर्चरीका लागि उर्वर क्षेत्र हो । त्यहाँका मानिसको आर्चरीप्रतिको लगाव छुट्टै छ र त्यतिकै खेललाई माया पनि गर्छन् । अभिभावकहरुले पनि आर्चरीमा लाग्न आफ्ना सन्तानलाई प्रेरित गर्छन् ।

राष्ट्रिय खेलकुदका पदक–धारी खेलाडी पोखरा र काडमाडौंमा आउँदो डिसेम्बरमा हुने १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने अवसर पाउनेछन् । स्ट्यान्डरमा पदक जित्न सफल अर्चना पनि अब सागको तयारी थाल्ने बताउँछिन् ।

‘साफमा सहभागी हुन पाइने भन्ने छ । तर, त्यका लागि यतिले मात्रै पुग्दैन् । अझै धेरै मेहनतगर्नु पर्छ,’ उनी अगाडि भन्छिन्,‘यो खेल शारिीक रुपमापनि केहीअफ्ठ्यारो छ । ३० मिटरमा केही सहजभएपनि ७० मिटरमातिर प्रहार गर्न गाह्रो हुन्छ ।’

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ९ : ५७ बजे

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा