विश्वलाई आकर्षित गर्ने सगरमाथा : हरेक पर्वतारोहीको सपना | Khabarhub Khabarhub

विश्वलाई आकर्षित गर्ने सगरमाथा : हरेक पर्वतारोहीको सपना



काठमाडौं- नेपालका अग्ला पहाडहरुले विदेशीलाई लोभ्याइ रहेका हुन्छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण हरेक पर्वतारोहीका लागि ठूला जिजीविसा रहने गरेको छ । यसैकारण सगरमाथाले विश्वभरबाट सयौंलाई आफूतर्फ आकर्षित गरिरहेको छ ।

साहसिक पर्यटनका निकै नै प्रख्यात रहेको मुलुक नेपालमा त्यसको सम्भावना र अवसर पनि उत्तिकै छ ।

यसका लागि यहाँको सम्भावना खोज्न र यहाँको वातावरणको बुझ्न सक्नुपर्छ ।

लाेत्से हिमालको दक्षिण मोहडा । 

संसारकै अग्ला हिमालहरु हेर्न र सगरमाथा आसपाससँग परिचित हुनका लागि नेपालमा आउन चाहने विदेशीका लागि यी तस्वीहरुले केही प्रोत्साहन गर्न सक्छ ।

सगरमाथा आधार शिविरसम्मको पदयात्राबाट सगरमाथालाई निकै नै नजिकबाट नियाल्न सकिने भएकाले यो एकदमै रोमाञ्चक हुने गर्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार यो सिजन मात्रै ४२ मुलुकका ६१६ जना आरोहीले नेपालका २० भन्दा धेरै हिमाल आरोहणको अनुमति लिएका छन् ।

हालसम्म ४२ जना नेपाली महिलाले सगरमाथाको शिखरमा पुगेका छन् । सन् १९९३ अप्रिल २२ मा सगरमाथाको शिखरमा पाइला टेक्दै पासाङ ल्हामु शेर्पा सगरमाथाको शिखरमा पुग्ने पहिलो नेपाली महिला बन्न पुगेकी थिइन् ।

सगरमाथाको आधार शिविर

त्यस्तै, हालसम्म ९ पटक सगरमाथाको शिखरमा पुगेकी संखुवासभा जिल्लाकी ल्हाक्पा शेर्पा सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने नेपाली महिला हुन् । उनले सन् २०००, सन् २००१, सन् २००३, सन् २००४, सन् २००५, सन् २००६, सन् २०१६, सन् २०१७ र सन् २०१८ मा सगरमाथाको शिखरमा पुगेकी थिइन् ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको अभिलेख अनुसार सन् २०१८ मा मात्रै १८ जना महिलाले सगरमाथाको शिखर चुमेका छन् ।

सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान भने कामी रिता शेर्पाको नाममा छ । उनले १३ मे १९९४ देखि सन् २०१८ मे १६ सम्म २२ पटक सगरमाथाको शिखरसम्म पुगिसकेका छन् ।

त्याङबोचेदेखि दिङबोचे जाने बाटो 

उनीपछि ४८ फुर्वा टासी शेर्पा सबैभन्दा धेरै २१ पटकसम्म सगरमाथाको चुचुरो पुगेका छन् ।

३७ वर्षे जाङ्ग्बु शेर्पा अहिले आफ्नो १६ सगरमाथा आरोहणको अभियानमा छन् । यो पटकको उनको अभियानका क्रममा उनले खबरहबको झण्डा पनि लैजाँदै छन् ।

लुक्ला विमानस्थलमा रहेका हेलिकोप्टर

पदयात्राका लागि प्रसिद्ध खुम्जुङ

नाम्चे नजिकै फरफराई रहेका झण्डा

सगरमाथा आधार शिविर परिसरमा पर्यटक

 

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ११ : ३२ बजे

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै

नयाँ दलमा विलय भएका माधव नेपालले घनश्याम भुसालसहित ६ जनालाई एकीकृत समाजवादीबाट निकाले

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नै नेकपा माओवादी केन्द्र