विश्वलाई आकर्षित गर्ने सगरमाथा : हरेक पर्वतारोहीको सपना « Khabarhub

विश्वलाई आकर्षित गर्ने सगरमाथा : हरेक पर्वतारोहीको सपना



काठमाडौं- नेपालका अग्ला पहाडहरुले विदेशीलाई लोभ्याइ रहेका हुन्छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण हरेक पर्वतारोहीका लागि ठूला जिजीविसा रहने गरेको छ । यसैकारण सगरमाथाले विश्वभरबाट सयौंलाई आफूतर्फ आकर्षित गरिरहेको छ ।

साहसिक पर्यटनका निकै नै प्रख्यात रहेको मुलुक नेपालमा त्यसको सम्भावना र अवसर पनि उत्तिकै छ ।

यसका लागि यहाँको सम्भावना खोज्न र यहाँको वातावरणको बुझ्न सक्नुपर्छ ।

लाेत्से हिमालको दक्षिण मोहडा । 

संसारकै अग्ला हिमालहरु हेर्न र सगरमाथा आसपाससँग परिचित हुनका लागि नेपालमा आउन चाहने विदेशीका लागि यी तस्वीहरुले केही प्रोत्साहन गर्न सक्छ ।

सगरमाथा आधार शिविरसम्मको पदयात्राबाट सगरमाथालाई निकै नै नजिकबाट नियाल्न सकिने भएकाले यो एकदमै रोमाञ्चक हुने गर्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार यो सिजन मात्रै ४२ मुलुकका ६१६ जना आरोहीले नेपालका २० भन्दा धेरै हिमाल आरोहणको अनुमति लिएका छन् ।

हालसम्म ४२ जना नेपाली महिलाले सगरमाथाको शिखरमा पुगेका छन् । सन् १९९३ अप्रिल २२ मा सगरमाथाको शिखरमा पाइला टेक्दै पासाङ ल्हामु शेर्पा सगरमाथाको शिखरमा पुग्ने पहिलो नेपाली महिला बन्न पुगेकी थिइन् ।

सगरमाथाको आधार शिविर

त्यस्तै, हालसम्म ९ पटक सगरमाथाको शिखरमा पुगेकी संखुवासभा जिल्लाकी ल्हाक्पा शेर्पा सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने नेपाली महिला हुन् । उनले सन् २०००, सन् २००१, सन् २००३, सन् २००४, सन् २००५, सन् २००६, सन् २०१६, सन् २०१७ र सन् २०१८ मा सगरमाथाको शिखरमा पुगेकी थिइन् ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको अभिलेख अनुसार सन् २०१८ मा मात्रै १८ जना महिलाले सगरमाथाको शिखर चुमेका छन् ।

सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान भने कामी रिता शेर्पाको नाममा छ । उनले १३ मे १९९४ देखि सन् २०१८ मे १६ सम्म २२ पटक सगरमाथाको शिखरसम्म पुगिसकेका छन् ।

त्याङबोचेदेखि दिङबोचे जाने बाटो 

उनीपछि ४८ फुर्वा टासी शेर्पा सबैभन्दा धेरै २१ पटकसम्म सगरमाथाको चुचुरो पुगेका छन् ।

३७ वर्षे जाङ्ग्बु शेर्पा अहिले आफ्नो १६ सगरमाथा आरोहणको अभियानमा छन् । यो पटकको उनको अभियानका क्रममा उनले खबरहबको झण्डा पनि लैजाँदै छन् ।

लुक्ला विमानस्थलमा रहेका हेलिकोप्टर

पदयात्राका लागि प्रसिद्ध खुम्जुङ

नाम्चे नजिकै फरफराई रहेका झण्डा

सगरमाथा आधार शिविर परिसरमा पर्यटक

 

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ११ : ३२ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न