थाई राजाको औपचारिक राज्याभिषेक « Khabarhub

थाई राजाको औपचारिक राज्याभिषेक


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड– थाइल्याण्डका राजा महा वाजिरलङकोर्णले शनिबार औपचारिक राज्याभिषेक गरेका छन् । राजधानी बैंककमा रहेको दरबारमा जल सेचन गरेर राज्याभिषेक गरेका हुन् ।

स्थानीय समय अनुसार शनिबार विहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोह दिउसो १ बजे सम्म चलेको थियो ।राज्याभिषेक समारोहमा राज्याभिषेकका लागि राजा वाजिरलङकोर्ण रानी सुथिदासहित उपस्थित थिए ।

थाई नरेशले हालै आफ्नी अंगरक्षक सुथिदासँग औपचारिक रुपमा विवाह गरेका थिए ।थाईल्यान्डमा लामो समय राज्य गरेका भूमिबोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनका छोरा वजिरालंगकर्ण राजा बनेका हुन् ।

थाइल्याण्डमा राज्याभिषेकलाई राज्य संचालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाको रुपमा लिइन्छ । पवित्र जल राजाको शिरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा छ ।थाईल्यान्डमा संवैधानिक राजतन्त्र छ । राजपरिवारलाई थाईहरुले निकै श्रद्धापूर्व लिने गरेको बताइन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ५ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको