खुट्टा गुमेपछि पलाएको सगरमाथा चढ्ने जोश ! « Khabarhub

खुट्टा गुमेपछि पलाएको सगरमाथा चढ्ने जोश !


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकी सेनाको पूर्व मरिन कप्र्स सारजेन्ट क्रिष्टी अहिले सर्वोच्च शिखर सगरमाथाको आरोहण अभियानमा छिन् ।

अमेरिकी सेनामा कार्यरत रहँदा २०१२ मा अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा एक खुट्टा गुमाएकी उनलाई केही शेर्पा र अन्य आरोहीहरुले हौसला दिइरहेका छन् ।

आफ्नो साइडस्टिक्सको सहारामा निकै साँघुरो बाटोबाट संघर्ष गर्दै सगरमाथाको अभियानमा अघि बढेको केही मानिसहरुलाई मन नपरेको उनले आफ्नो ब्लगमा लेखेकी छिन् ।

यस्ता कुराले निरुत्साहित बनाएपनि अन्य शेर्पा र विदेशी पर्वतारोहीले सगरमाथा अभियानलाई अघि बढाउन हौसला दिएपछि भने आफूले आँशु रोक्न नसकेको कुरा लेखेकी छिन् ।

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा आफ्नो खुट्टा गुमेपनि उनी अघि बढिनै रहेकी छिन् । आफूबारे जानकार रहेका केही साथीहरुले आफ्नो साथ दिएको देखेर आफू निकै नै प्रभावित भएको उनको भनाइ छ ।

हाल उनी केबल एक खुट्टाको सहारामा सगरमाथाको शिखरमा पुग्ने पहिलो महिला बन्ने अभियानमा छिन् । उनको दृढ इच्छा, चाहना र उत्साहले उनलाई सगरमाथाको शिखर आरोहण गर्ने अभियानसम्म ल्याइपुर्‍याएको उनी बताउछिन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनले आफू हाल सगरमाथाको क्याम्प थ्रीतर्फ लम्किरहेको लेखेकी छिन् ।

यो सिजन सगरमाथाको शिखरमा पुगिसक्ने दृढ संकल्पका साथ सगरमाथा आरोहण अभियानमा रहेकी उनी क्रिष्टी फाउण्डेसनको समेत स्थापना गरेकी छिन् । सगरमाथा आरोहणबाट उनी ‘मेकिङ अ मिलियन डलर्स टु गिभ अ मिलियन डलर अवे’ भन्ने नारा लिएको क्रिष्टी फाउण्डेसनका लागि पनि पैसा भेला पार्ने जागरकता जगाउने अभियानमा छिन् ।

उनले इन्स्टाग्राममा दावा शेर्पासँगको भेटलाई पनि शेयर गरेकी छिन् । नर्थ फेससँग आबद्ध खेलाडी दावा शेर्पा हाल सगरमाथामा स्वचालित मौसम स्टेशनको स्थापनाका लागि नेशनल जियोग्राफिक सोसायटीको अभियानमा छिन् ।

‘‘दावाले मलाई बाटामै रोकिन्, त्यसपछि मलाई अंगालो हालिन् । मेरा लागि यो जीवनकै सबैभन्दा उत्कृष्ट अंकमाल थियो । त्यसपछि उनले मलाई हौसला प्रदान गर्दै भनिन्, ‘राम्ररी जानुहोस्, तपाईंबाट म प्रभावित भएँ ।’’

सैनिक हेलिकोप्टर दुर्घटनामा एउटा खुट्टा गुमाएकी क्रिस्टीको सगरमाथा मोह

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : १८ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते