‘मेरो सरकार’को सट्टा ‘नेपाल सरकार’राख्न माग गर्दै कांग्रेसद्वारा संशोधन दर्ता « Khabarhub

‘मेरो सरकार’को सट्टा ‘नेपाल सरकार’राख्न माग गर्दै कांग्रेसद्वारा संशोधन दर्ता


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता गराएको छ ।

कांग्रेस ससंदीय दलको कार्यालयले आज नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २१५ सम्म विभिन्न बुँदामा ‘मेरो सरकार’ भनी लेखिएको सट्टा ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्नेलगायत विषयमा सूचना दर्ता गराएको जनाएको छ ।

कांग्रेसले नीति कार्यक्रममा प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार माथि हस्तक्षेप गरी सङ्घीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचना कमजोर पार्ने कार्यक्रम प्रस्तावित गरेको तथा विद्यमान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टतासहित सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सक्ने कार्यक्रमगत प्रष्टता नभएको भन्दै संशोधन दर्ता गराएको पार्टीका सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

कांग्रेसले उपरोक्त कारणले समग्रमै संशोधनका सबै बुँदामा फेरबदल गरी वार्षिक नीति तथा कार्यक्रम संशोधन गर्न सूचना पेश गरेको जनाएको छ । सांसदहरु बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, पुष्पा भुसाल, अतहर कमाल मुसलमान, पदमनारायण चौधरी, रामबहादुर विष्ट, सञ्जयकुमार गौतम, मानबहादुर विश्वकर्मा, जिपछिरिङ लामा, दीलेन्द्रप्रसाद बडु, डिला सङ्ग्रौला, दिव्यमणि राजभण्डारी, पार्वता डिसी चौधरी, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, मिना सुब्बा, रङ्गमती शाही, विमला नेपाली, लक्ष्मी परियार, सरवत आरा खानम हलवाइनी, प्रकाश रसायली, मीना पाण्डे, सुजाता परियार र मिनाक्षी झाको तर्फबाट संशोधन दर्ता गराइएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १० : २३ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६