सन्दीपको टोली दिल्ली आइपिएलको दोस्रो स्थानमा उक्लियो « Khabarhub

सन्दीपको टोली दिल्ली आइपिएलको दोस्रो स्थानमा उक्लियो


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्व टोली दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। राउन्ड रोविनको अन्तिम खेलमा राजस्थानविरुद्व दिल्लीले ५ विकेटको जीत हात पारेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको राजस्थानले दिएको १सय१६ रनको लक्ष्य दिल्लीले १६.१ बल बाँकी छदाँ ५ विकेट गुमाएर भेट्टायो। राजस्थानले २० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।

जवाफी ब्याटिङमा दिल्लीले १६. १ ओभरमा ५ विकेट गुमाएर १२१ रन बनायो। दिल्लीको जीतका लागी रिसब पन्तले ३८ बलको सामना गर्दै नट आउट ५३ रन जोडे । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ।

चेन्नई सुपर किंग्स १८ अंकसहित पहिलो स्थानमा रहँदा समान अंक भए पनि नेट रनरेटका आधारमा दिल्ली दोस्रो स्थानमा छ। नेपाली स्पिनरलाई भने दिल्लीले मैदान उतारेन। यो सिजनको अाईपीएलमा ६ खेलमा ८ विकेट लिएपनि सन्दीपले रन नियन्त्रण गर्न सकेका छैनन्।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १० : ३१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली