अब उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती बल्छन् ? | Khabarhub Khabarhub

अब उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती बल्छन् ?



काठमाडौं- राजधानीको सडकका चोक–चोकमा सिठ्ठी फुक्दै हातको संकेतले ट्राफिक व्यवस्थापन गर्दै आएका ट्राफिक प्रहरीलाई राहत मिल्ने भएको छ । यसका साथै सवारी जामको समस्या भोग्दै आएका सवारी चालक तथा पैदलयात्रुले पनि सहजता महसुस गर्न पाउने भएका छन् ।

सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त सहकार्यमा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्ती जडान कार्यले तिव्रता पाएसँगै ट्राफिक प्रहरी, सवारी चालक तथा पैदलयात्रुले राहत पाउने भएका हुन् ।

लामो समयदेखि सवारी चाप हुने राजधानीका मुख्य सडक तथा चोकमा ट्राफिक बत्ती नहुँदा सवारी साधन तथा पैदलयात्रुको व्यवस्थापनमा ट्राफिक प्रहरीले मानवीय स्रोत परिचालन गर्दै आएको छ । अब भने ट्राफिक बत्ती जडानसँगै प्रविधिअनुसार सवारीसाधन तथा पैदलयात्रुले सडकमा आवतजावत गर्न पाउने भएका छन् ।

ट्राफिक व्यवस्थापनका लागि पुराना बत्तीलाई मर्मत गरिरहेको र कतिपय स्थानमा नयाँ बत्ती जडान गरिरहेको सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजन इन्जिनियर दीप बराहीले जानकारी दिए । ‘तत्कालका लागि आठ स्थानमा ट्राफिक बत्ती जडान गरिएको छ, अन्य स्थानमा पनि जडान गर्ने क्रम जारी छ’ उनले भने ।

उनकाअनुसार कालिमाटी, सिंहदरबार, पद्मोदय मोड, बागबजार, तिनकुने, पुरानो बानेश्वर, गौशला र मित्रपार्कमा ट्राफिक बत्ती जडान भएका छन् । अन्य स्थानमा भने पुरानै बत्तीलाई मर्मत गरेर चलाउन लागिएको बराहीले खबरहबलाई बताए ।

स्मार्ट ट्राफिक बत्ती ल्याउँदै विभाग

इन्डोनोसियाबाट ट्राफिक बत्तीको सुरुवात भएसँगै विश्वका विभिन्न मुलुकमा अहिले स्मार्ट ट्राफिक बत्ती संचालन भइरहेका छन् । तर नेपाल भने पुरानै प्रविधिको प्रयोग भइरहेको छ ।

पछिल्लो समय प्रविधिमा भएको विकाससँगै सडक विभागले स्मार्ट ट्राफिक लाइटको आवश्यकता महशुस गरेको छ । ‘अन्य मुलुकमा जस्तै नेपालमा पनि स्मार्ट ट्राफिक बत्ती सम्भव छ’ बराही भन्छन् । सेन्सरमा आधारित ट्राफिक बत्ती जडानका लागि विभिन्न निकायसँग छलफल भइरहेको उनले बताए ।

पुराना २० ट्राफिक बत्ती

वि.सं. २०३७ सालमा जापान अन्तर्राष्ट्रिय नियोग (जाइका) ले उपत्यकाका २० स्थानमा ट्राफिक बत्ती जडान गरेको थियो । जाइकाले बत्ती जडान गरेकोबेला ट्राफिक प्रहरी तथा ट्राफिक बत्ती प्रयोगकर्ताहरुले केही सहजता पाएका थिए । तर ति बत्तीहरुको समयमै मर्मत नहुँदा बिस्तारै बिग्रदै गएपछि काम नलाग्ने अवस्थामा पुगेका छन् ।

उक्त समयमा भक्तपुर जिल्लामा जाइकाले चार स्थानमा बत्ती जडान गरेको थियो । पछि ति बत्तीहरु बिग्रिएर नचल्ने भएपछि जाइकाले फेरि जडान गरिदिएको थियो । अहिले भक्तपुरका ३ स्थानमा मात्र ट्राफिक बत्ती बल्छन् । साथै, ट्राफिक महाशाखाको पहलमा काठमाडौं महानगरपालिका र सडक विभागले एक–एक स्थानमा ट्राफिक बत्ती जडान गरेको थियो ।

महानगरीय ट्राफिक महाशाखाको अनुरोध

केही वर्षअघि सडकका चोकमा राखिएका ट्राफिक बत्ती अहिले सञ्चालनमा छैनन् । ट्राफिक बत्ती उपयोगविहीन बनेपछि ट्राफिक प्रहरीमार्फत सहरको ट्राफिक व्यवस्थापन कार्य हुँदै आएको छ । ट्राफिक बत्ती नहुँदा मानवीय स्रोत परिचालनमार्फत ट्राफिक व्यवस्थापन गर्दै आएको महानगरिय ट्राफिक महाशाखाले जनशक्ति अभावलगायतका विभिन्न समस्या भोग्दै आएको छ । यसै कारण महाशाखाले पटक–पटक बिग्रिएका बत्ती मर्मतका लागि सडक विभागसँग अनुरोध गर्दै आएको थियो ।

ट्राफिक महाशाखाका प्रहरी नायव उपरीक्षक (सहप्रवक्ता) पदम बिष्टकाअनुसार उपत्यकाका एक सय ५४ स्थानमा ट्राफिक बत्ती आवश्यक छ । तर अहिले ४ स्थानमा मात्रै बत्ती बल्छन् । ‘सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षण गराएकै कारण अहिले ट्राफिक बत्ती जडान कार्यले तिव्रता पाएको हो’ उनले भने ।

ट्राफिक बत्ती नुहँदा ट्राफिक प्रहरीलाई चोकमा बसेर सिठ्ठी फुक्दै हातले संकेत गर्दा निकै असहज हुने उनले बताए । चोकमा उभिएर ट्राफिक प्रहरीले गर्ने संकेत कतिपय अवस्थामा सवारी चालक तथा पैदलयात्रुले नदेख्दा/नबुझ्दा असजतापूर्वक यात्रा गर्न बाध्य भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ३८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।