छोराछोरीलाई असल बनाउन चाणक्यको नीति अवलम्बन गर्नुहोस् | Khabarhub Khabarhub

छोराछोरीलाई असल बनाउन चाणक्यको नीति अवलम्बन गर्नुहोस्


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जीवनमा सुख, शान्ति तथा सफलता प्राप्त गर्न चाहनु हुन्छ भने आचार्य चाणक्यको नीतिलाई आत्मसाथ गर्नुहोस् । आचार्य चाणक्यले आफ्नो नीतिको प्रभावको माध्यमबाट नै चन्द्रगुप्त जस्तो सामान्य बालकलाई अखण्ड भारतको सम्राट बनाएका थिए । आचार्य चाणक्यले नीतिशास्त्रको रचना गरेका थिए । यही शास्त्रकाअनुसार हरेक बाबुले ध्यान राख्नु पर्ने केही नीतिबारे जानी राखौँ ।

चाणक्य नीतिको दोस्रो अध्यायको दशौँ नीतिमा त्यस्तो बाबु बुद्धिमान हो जो आफ्नो छोराछोरीलाई सबै किसिमको शुभ गुण तथा संस्कारबारे शिक्षा दिन्छ भनिएको छ । नैतिकवान तथा शालिन व्यक्तित्व भएको मानिसलाई नै कूलमा पूजा गरिन्छ ।

चाणक्य भन्छन्, बच्चाको पालनपोषणमा कत्तिपनि लापरबाही गरिनु हुँदैन । किन कि सन्तानको गलत कार्यका कारण बाबुले समाजमा अपमानित हुनु पर्ने हुन्छ । सन्तानले राम्रो काम गरेको खण्डमा उनीहरु आफैले पनि मान सम्मान प्राप्त गर्ने छन् भने बाबुले पनि सम्मान पाउनेछन् । संस्कारी बच्चालाई कूलमा पूजा गरिनेछ । जुन व्यक्तिले यी नीतिप्रति ध्यान राख्छन्, उसको घरमा सुख–शान्ति सधैँ भइरहने चाणक्यको नीतिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : १० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग