वडाध्यक्ष माझी अर्काकी श्रीमतीसँग रङ्गेहात भेटिएपछि… « Khabarhub

वडाध्यक्ष माझी अर्काकी श्रीमतीसँग रङ्गेहात भेटिएपछि…


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडा अध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि उनलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको छ ।

माझी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्। भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफूहरु श्रीमान श्रीमती भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइँको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान् कविराज श्रेष्ठ मिलेर दुवैलाई आइतबार राति साढे ११ बजे कोठाबाट पक्राउ गरेका हुन् ।

पक्राउ परेका दुवै महानगरीय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिए । कुभिण्डेका कविराज श्रेष्ठ बैदेशिक रोजगारीका लागि दुबईमा थिए । उनले श्रीमतीको बारेमा गाईगुई सुनेका थिए । २० दिनअघि काठमाण्डौं फर्केका उनले श्रीमतीलाई सम्पर्क गर्न खोजे तर सम्पर्क भएन ।

उता केहि बर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजी गरिरहेकी थिईन् । काठमाडौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराजसंग भयो । दुवै मिलेर खोज्न थाले ।

भक्तपुरको चारदोबाटोमा कोठा रहेको र दुवै श्रीमान श्रीमती भएर बसेको जानकारी पाएपछि खोज्दै उनीहरु कोठासम्म पुग्न सफल भएका थिए । कोठामा उनीहरुले श्रीमान् श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केहि तस्विरहरु बनाएर राखेका रहेछन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : १५ बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार