खगेन्द्र भन्छन् – जोखिम लिएन भने जिन्दगीमा मजा हुँदैन « Khabarhub

खगेन्द्र भन्छन् – जोखिम लिएन भने जिन्दगीमा मजा हुँदैन


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘पशुपतिप्रसाद’ ‘धनपति’ ‘जय भोले’ लगायतका सिनेमामा अभिनय गरेर पर्याप्त चर्चा कमाएका अभिनेता खगेन्द्र लामिछाने यतिबेला आफ्नै निर्देशनमा फिल्म ‘पानी फोटो’ निर्माणका लागि जुटेका छन् । उनी यो फिल्मलाई आफ्नो क्षमताले भ्याएसम्म सक्दो राम्रो बनाउने बताउँछन् ।

जनयुद्धको समयमा आफ्नो बेपत्ता भएको छोराको प्रतीक्षामा रहेका बाबुआमाको कथामा यसअघि नाटक ‘पानी फोटो’ मञ्चन गरिएको थियो । यो नाटक त्यतिबेला दर्शकले खुबै रुचाएका थिए । खगेन्द्रले यो नाटकलाई पुस्तकका रुपमा पनि प्रकाशन गरेका छन् ।

अब भने सोही नाटकको कथा फिल्मका रुपमा आउनेछ । खगेन्द्र भन्छन्, ‘यसको स्किृप्टले मलाई निकै तनाव दियो, यति धेरै मेहनत मैले अरु फिल्मका लागि गर्नुपरेको थिएन ।’

राम्रो स्किृप्ट लेख्ने क्षमता भएका खगेन्द्रले आफ्नो करिअर शुरु गर्दा नाटकमा पैसा नभए पनि यही क्षेत्रमा काम गर्ने निर्णय लिएको बताए । अहिले बरु नाटक खेलेर पैसा कमाउने अवस्था भएको तर आफूले करिअर थाल्दा उल्टो गोजीको पैसा खर्च हुने गरेको उनले सम्झे ।

‘पोखरामा नाटक गर्दागर्दै काठमाडौं आएको थिएँ, यहाँ आएर सुनील (पोखरेल) सरसँग पढेँ, त्यो समयमा मैले जोखिम मोलेर नै जिन्दगीभरि नाटक गर्छु भन्ने निर्णय लिएँ,’ खगेन्द्रले भने, ‘मैले जति दुःख पाउँदा पनि विचलित नभइकन काम गरेँ, जोखिम लिएन भने अलि एडभेन्चर्स हुँदैन जीवन ।’

पछिल्लो ‍समय फिल्म ‘जय भोले’ मा अभिनय गरेका अभिनेता खगेन्द्र त्यसयता कुनै फिल्ममा देखिएका छैनन् । उनी फिल्म ‘गोपी’ मा समेत अभिनय गर्ने भने पनि अन्तिम समयमा आएर फिल्मबाट हात झिकेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ५७ बजे

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५