संघीयतालाई असफल गर्नेगरी बजेट आयो– महतो « Khabarhub

संघीयतालाई असफल गर्नेगरी बजेट आयो– महतो


२१ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महताले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संघीयतालाई असफल बताउने खालेको रहेको आरोप लगाएका छन् ।

सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको महतोको भनाइ छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै महतोले सरकारले ल्याएको बजेट विभेदकारी भएको पनि बताए ।

५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशलाई सरकारले २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेद गरेको महताको तर्क छ ।

महतोले ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुको बदनाम गराएको पनि आरोप लगाए ।

विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजनाबाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन आफ्नो पार्टीले सरकारसँग पटक–पटक माग गरे पनि सो अनुसार काम हुन नसकेको महतोको भनाइ थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  १२ : ५३ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं