‘मृत्युदण्ड’ दिएका भनिएका उत्तर कोरियाली कूटनीतिज्ञ र किम जोङ उन एउटै कार्यक्रममा ! « Khabarhub

‘मृत्युदण्ड’ दिएका भनिएका उत्तर कोरियाली कूटनीतिज्ञ र किम जोङ उन एउटै कार्यक्रममा !


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– अमेरिकासँगको शिखर वार्ता असफल भएपछि मृत्युदण्ड दिइएका भनिएका उत्तर कोरियाका कूटनीतिज्ञ त्यहाँका सर्वोच्च नेता किम जोङ उनसँगै एक कार्यक्रममा देखिएका छन् ।

दक्षिण कोरियाको अखवार चोसुन इल्बोले केही दिन अगाडि अमेरिकासँगको शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले केही कूटनीतिज्ञलाई मृत्युदण्ड दिएको समाचार प्रकाशन गरेको थियो ।

उक्त अखवारको समाचारमा मृत्युदण्ड दिइएका भनिएका कूटनीतिज्ञहरु भने आफ्ना सर्वोच्च नेतासँगै एक कार्यक्रममा देखिएका हुन् ।

दक्षिण कोरियाको अखबार चोसुन इल्बोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत फेब्रअरीमा भियतनामको राजधानी हनोईमा भएको शिखर वार्ता असफल भएपछि किम योङ चोल लगायतका अन्य वरिष्ठ कूटनीतिज्ञलाई सर्वोच्च नेता किम जोङ उनले ‘सफाया’ गरेको जनाएको थियो ।

शुक्रबार प्रकाशित समाचारमा वरिष्ठ कूटनीतिज्ञलाई सफया गर्ने क्रममा शिखर वार्ताअघि अमेरिकासँगको छलफलमा सहभागी कूटनीतिज्ञ किम ह्योक चोलसहित अन्य ४ जनालाई गत अप्रिलमा राजधानी प्योङयाङमा रहेको विमानस्थलमा गोली हानी मृत्युदण्ड दिइएको तथा सर्वोच्च नेता किमको विश्वासपात्र मानिने किम योङ चोललाई पुनर्शिक्षाका लागि श्रम शिविर पठाइएको जनाएको थियो ।

त्यसबाहेक उक्त समाचारमा अन्य वरिष्ठ कूटनीतिज्ञलाई जेल चलान गरी ‘सफाया’ गरिएको जनाइएको थियो ।

पछिल्लो पटक उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले सार्वजनिक गरेको तस्बीरमा भने किम योङ चोल सर्वोच्च नेता किम जोङ उन र अन्य वरिष्ठ अधिकारीसँगै एक साङ्गीतिक कार्यक्रम हेरिरहेको देखिएको छ ।

केसीएनएले सार्वजनिक गरेको तस्बीरमा उनले दुई हत्केलाले आफ्नो अनुहार छोपेको देखिएको छ । उक्त साङ्गीतिक कार्यक्रममा मृत्युदण्ड पाएको भनिएका कूटनीतिज्ञ किम ह्योक चोल भने उपस्थित रहे–नरहेको बारे केसीएनएले केही खुलाएको छैन ।

उत्तर कोरियाबारे अध्ययन गर्दै आएका विज्ञहरुले भने किम योङ चोल श्रम शिविरमा रहेको भए उनी उक्त कार्यक्रममा उपस्थित हुन नसक्ने टिप्पणी गरेका छन् । यद्यपि उत्तर कोरियाली सञ्चारमाध्यमले भने कुनै कूटनीतिज्ञलाई मृत्युदण्ड दिइएकोबारे कुनै समाचार सार्वजनिक गरेका छैनन् ।

उत्तर कोरियामा ‘सफाया’ गरिएका तथा मृत्युदण्ड पाएको भनी समाचार सार्वजनिक भएका केही वरिष्ठ अधिकारीहरु पछि सार्वजनिक कार्यक्रममा देखा पर्दै आएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ४२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले