रोयल इनफिल्ड मोटरसाइकलको नयाँ मोडल बजारमा « Khabarhub

रोयल इनफिल्ड मोटरसाइकलको नयाँ मोडल बजारमा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘रोयल इनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त मोडलको नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो ।

खैरो रंगमा सजिएको मोटरसाईकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ । नेपाली युवाहरुको सपनालाई पूरा गर्न यो नयाँ मोडलको मोटरसाईकल बजारमा ल्याइएको र यसको मूल्य चालु आर्थिक वर्ष सम्पन्न भएसँगै केही बढ्ने विवेक अटोमोबाईल्स प्रालिका प्रमुख विवेक दुगडले जानकारी दिए।

कम्पनीले आजैबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत् सो मोडलका मोटरसाईकलको विक्री वितरण खुला गरिएको पनि जनाएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको सो मोटरसाईकल सुरक्षित र भरपर्दो हुने सो कम्पनीको दावी छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ३ : २२ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री