लण्डन– बेलायतको राजधानी लण्डन शहरका मेयर सदिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ११ वर्षे बालकको उपमा दिएका छन् ।
अमेरिकी टेलिभिजन सीएनएनसँग कुराकानीका क्रममा मेयर खानले ट्रम्पलाई ११ वर्षे बालकको उपमा दिएका हुन् । हाल बेलायत भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले यसअघि मेयर खानले आफ्नो शहरमा अपराधलाई रोक्न नसकेको भन्दै ‘स्टोन कोल्ड लुजर’ को संज्ञा दिएका थिए ।
मेयर खानले भने ट्रम्पको उक्त टिप्पणीबाट आफू एकरति पनि बिचलित नभएको भन्दै ट्रम्पले ११ वर्षे बालकको जस्तो व्यवहार गरेको जनाएका हुन् ।
प्रतिक्रिया